रास्कोटमा स्थानीय पाठ्यपुस्तकको मस्यौदामाथि छलफल सम्पन्न
अशोक कुमार शाही
स्वाभिमान खबर , कालिकोट असार १२कालिकोट । रास्कोट नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक ‘हाम्रो रास्कोट हाम्रो पहिचान’ को मस्यौदामाथि आज छलफल कार्यक्रम सम्पन्न भएको छ।
शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख खेमराज शाहीको अध्यक्षतामा नगरपालिकाको सभा हलमा भएको छलफल कार्यक्रममा नगर प्रमुख धर्मराज शाहीकाे प्रमुख आतित्थ्यमा नगर उप-प्रमुख मनिराज बराल र प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमको विशेष उपस्थितिमा नगरपालिकाकाे सभा हलमा साे मस्यौदा माथि छलफल भएकाे थियाे ।
मस्यौदा माथि छलफलकाे क्रममा नगरपालिका भित्र रहेका सबै आधारभुत तथा मावि विद्यालयका प्रधानाध्यापक
अमरराज नाथ योगी, देवराज चौलागाई, धुर्वनाथ योगी, लक्ष्मी प्रसाद बराल , उपेन्द्र प्रसाद न्याैपाने लगाएत पाठ्यपुस्तक लेखक समितिका सदस्य नगेन्द्र प्रसाद आचार्य ,नहकुल न्याैपानेकाे सहभागिता थियो।
मस्यौदा माथि पाठ्यपुस्तक लेखक समिति सदस्य नहकुल न्याैपानेले डिजिटल बाेर्डमा पाठ्यक्रमकाे नमुना देखाउदै छलफल गर्नु भएकाे थियाे ।छलफलमा सहभागीहरूले प्रस्तावित मस्यौदामाथि विभिन्न सुझाव र प्रतिक्रिया दिएका थिए। छलफलका निष्कर्ष र प्राप्त सुझावहरूलाई समेटेर पाठ्यपुस्तकलाई अन्तिम रूप दिइने नगर प्रमुख धर्मराज शाहीले बताउनु भएकाे थियाे ।














प्रतिक्रिया दिनुहोस्