मंगलसेन नगरपालिकाको ५६ करोडको बजेट: १३ नम्बर वडामा सबैभन्दा बढी, २ नम्बरमा सबैभन्दा कम
कमल कुमार शाही
स्वाभिमान खबर ,असार १० अछाम
अछामको मुख्य नगरसमेत रहेको मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड ८९ लाख ६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा यसपालि पनि शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।
नगरपालिकाले वडास्तरमै समावेशी र न्यायोचित बजेट वितरण गर्ने नीति अनुरूप १४ वटै वडालाई जनसंख्या र भौगोलिक अवस्थाको आधारमा बजेट विनियोजन गरेको छ। नगर प्रमुख पदम बहादुर बोहरा र उपप्रमुख संगीता सोडारीको नेतृत्वमा प्रस्तुत गरिएको बजेटले समावेशी विकासलाई जोड दिएको जनाइएको छ।
वडागत बजेट विवरण यसप्रकार छ:
वडा नं. बजेट (रुपैयाँ)
वडा नं. १३ ३० लाख
वडा नं. १४ २८ लाख
वडा नं. १२ २७ लाख
वडा नं. ५ २६ लाख
वडा नं. ३ २६ लाख
वडा नं. १ २४ लाख
वडा नं. ४ २३ लाख
वडा नं. ७ १९ लाख
वडा नं. ६ १८ लाख
वडा नं. ९ १८ लाख
वडा नं. ८ १७ लाख
वडा नं. १० १७ लाख
वडा नं. ११ १७ लाख
वडा नं. २ १० लाख
नगरपालिकाका अनुसार सबै वडाहरूमा आधारभूत सेवाको पहुँच विस्तार, शिक्षा र स्वास्थ्यमा गुणस्तर वृद्धिको प्रयास, कृषिमा आधुनिक प्रविधिको प्रयोग, र साना पूर्वाधार निर्माणलाई बजेटले मुख्य प्राथमिकता दिएको छ।
नगर प्रमुख बोहराले भने, “हामीले जनताको आवश्यकता पहिचान गरेर योजनाहरू बनाएका छौं। दुर्गम क्षेत्र र पिछडिएका वर्गलाई विकासको मूलधारमा ल्याउने हाम्रो अठोट छ।”
त्यस्तै उपप्रमुख सोडारीले सामाजिक समावेशीकरण, महिला सशक्तीकरण, बालबालिका र वृद्धजनका लागि लक्षित कार्यक्रमहरू पनि अघि बढाइने जानकारी दिइन्।
मंगलसेन नगरपालिकाको बजेटले समावेशी विकास, न्यायोचित वडागत विनियोजन र प्राथमिक क्षेत्रमा लक्षित लगानीको खाका प्रस्तुत गरेको छ। यसले नगरभित्रको समग्र सामाजिक, आर्थिक रूपान्तरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्