२०८३ साउन १५ गते शुक्रवार

नेकपा माओवादी केन्द्र पंञ्चदेवल विनायक नगरपालिका कमिटीमा नयाँ नेतृत्व चयन: अध्यक्षमा रामप्रसाद जैसी ‘अखण्ड’



नेकपा माओवादी केन्द्र पंञ्चदेवल विनायक नगरपालिका कमिटीमा नयाँ नेतृत्व चयन: अध्यक्षमा रामप्रसाद जैसी ‘अखण्ड’
कमल कुमार शाही
स्वाभिमान खबर ,असार ९, विनायक अछाम

नेकपा माओवादी केन्द्र पंञ्चदेवल विनायक नगरपालिका कमिटीको तेस्रो अधिवेशन असार ८ गते विनायकमा उत्साहपूर्वक सम्पन्न भएको छ। पार्टीको संगठनात्मक सुदृढीकरण र जनतासँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनले ५५ सदस्यीय नयाँ नगर कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो।

नयाँ नेतृत्वको अध्यक्षमा रामप्रसाद जैसी ‘अखण्ड’ चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा मकर रावल चयन भएका छन्। उपाध्यक्षमा भावना रिमाल र राजेन्द्र रावल चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी प्रेम चन्दलाई दिइएको छ भने सचिवमा राम ब. शाही (निशा) चयन भएका छन्। सह–सचिवको जिम्मेवारी चन्द्र विकले पाएका छन्।

कार्यक्रममा नेताहरूको उल्लेखनीय उपस्थिति

अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम अछाम जिल्ला इन्चार्ज शरदसिंह भण्डारी , केन्द्रीय सदस्य रामप्रसाद टिमिल्सेना ,  सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष अक्कल बहादुर रावल, प्रदेश सचिव जनक बुढा , पार्टीका निर्वाचन आयोगका सुदूरपश्चिम प्रदेश इञ्चार्ज हरि श्रीर्पाली, नगरपालिका निर्वाचन संयोजक  करिसिंह भुल लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

नेताहरूले पार्टी संगठनलाई अझ मजबुत बनाउने, गाउँ–गाउँमा माओवादी आन्दोलनको गहिरो प्रभाव विस्तार गर्ने र जनता संग नजिक भएर अगाडि बढ्न जोड दिएका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष रामप्रसाद जैसी ‘अखण्ड’ले पार्टीलाई स्थानीय तहमा जनमुखी र जिम्मेवार बनाउँदै संगठनात्मक अनुशासनका साथ अघि बढाउने अठोट व्यक्त गरे।

कार्यक्रममा सहभागी कार्यकर्ता, प्रतिनिधि, समर्थकहरूको उल्लेख्य उपस्थिति रहँदा अधिवेशन एकता, उत्साह र भरोसाको वातावरणमा सम्पन्न भएको सहभागीहरूको भनाइ छ। सर्वसम्मत रूपमा चयन भएको नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
अधिवेशनले स्थानीय राजनीति र संगठनात्मक गतिविधिमा नयाँ ऊर्जा थपेको विश्वास गरिएको छ।

नवगठित नगर कमिटीको संक्षिप्त विवरण:

अध्यक्ष: रामप्रसाद जैसी (अखण्ड)

वरिष्ठ उपाध्यक्ष: मकर रावल

उपाध्यक्ष: भावना रिमाल, राजेन्द्र रावल

कोषाध्यक्ष: प्रेम चन्द

सचिव: राम ब. शाही (निशा)

सह–सचिव: चन्द्र विक

 

अधिवेशन का केही तस्बिरहरु

प्रकाशित मिति : २०८२ असार ९ गते सोमवार