मालिका माविको विद्यालय व्यवस्थापन समितिको निर्वाचन स्थगित, फर्जी मतदाता राखिएको भन्दै आपत्ति
स्वाभिमान खबर
अछाम , जेठ २२ । मालिका माध्यमिक विद्यालय, पञ्चदेवल विनायक , बारलाकाे विद्यालय व्यवस्थापन समितिको जेठ २३ गते तय भएको निर्वाचन स्थगित भएको छ। निर्वाचन प्रक्रिया अवैधानिक रहेको भन्दै अभिभावक समूहले कडा आपत्ति जनाउदै निर्वाचन स्थगन काे माग गरिएको हाे ।

विद्यार्थी अभिभावकको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै अभिभावक समूहले विद्यालय व्यवस्थापन निर्वाचन समिति ललित बुढामाथि पक्षपातपूर्ण ढंगले निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाएका छन्। उनीहरूले निर्वाचनका लागि मतदाता नामावलीमा फ्रजि मतदाता समावेश गरिएको, वास्तविक अभिभावकलाई हटाइएको, सूचना दिने प्रक्रियामा अपारदर्शिता अपनाइएको लगायतका गम्भीर अनियमितता भएको बताएका छन्।

प्रेस विज्ञप्तिमा भनिएको छ, “मतदाता नामावलीको कुनै आधार छैन। ४०/४५ जना फर्जी मतदाता देखिएको । सूचना दिनेदेखि उम्मेदवारी दर्ता, अन्तिम मतदाता नामावली निर्माण लगायत सम्पूर्ण प्रक्रिया गैरकानुनी ढंगले गरिएको आराेप लगाइएको छ।” उनीहरूले निर्वाचन तत्काल स्थगन गर्न , फर्जी मतदाता नामावलीलाई कानुनी ढंगले संशोधन गर्न तथा विद्यालय व्यवस्थापनमा वास्तविक अभिभावकलाई समेट्ने वातावरण बनाउन माग गरेका छन्।

साथै, चुनावी प्रक्रियामा पारदर्शिता नभएको भन्दै विद्यालय प्रशासन र निर्वाचन संयोजककाे भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। उनीहरूले उक्त प्रक्रियालाई अस्वीकार गर्दै आवश्यक परेमा कानुनी बाटो समाउने चेतावनी पनि दिएका छन्।
प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्नेमा राम प्रसाद जैसी नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य , नरेन्द्र बहादुर शाही नेकपा एमाले वडा कमिटी सदस्य रहेका छन्।














प्रतिक्रिया दिनुहोस्