२०८३ भाद्र ३१ गते बुधवार

युवासंघको अध्यक्षमा पुनः क्षितिज थेबे, निर्वाचनमार्फत जित हासिल



युवासंघको अध्यक्षमा पुनः क्षितिज थेबे, निर्वाचनमार्फत जित हासिल
कमल कुमार शाही
स्वाभिमान खबर ,जेठ १३

पोखरा — नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट युवा संगठन युवासंघ नेपालको अध्यक्षमा क्षितिज थेबे पुनः निर्वाचित भएका छन्। निवर्तमान अध्यक्षसमेत रहेका थेबेले यसपटक निर्वाचन प्रक्रियाबाट प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गर्दै अध्यक्षमा पुनः नेतृत्व पाएका हुन्।

पोखरामा सम्पन्न अधिवेशनमा कुल १४०४ मत खसेकोमा थेबेले पुरीलाई १८८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। निर्वाचनमा थेबेको प्यानल नै विजयी भएको छ। यद्यपि निर्वाचन समितिले आधिकारिक रूपमा परिणाम घोषणा गर्न भने बाँकी छ।

अध्यक्ष पदका उम्मेदवार सुमन पुरीलाई एमालेका महासचिव शंकर पोखरेलको समर्थन थियो भने विजयी अध्यक्ष थेबे एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलको पक्षमा थिए।

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन प्रक्रिया नै नगरी थेबेलाई अध्यक्ष बनाएका थिए। तर यसपटक प्रतिस्पर्धात्मक वातावरणमा निर्वाचन सम्पन्न भएको हो।

युवासंघको नेतृत्वमा दोहोरिएको थेबेको जितसँगै संगठनभित्र एमाले नेतृत्वको आन्तरिक शक्ति सन्तुलनको संकेत पनि देखिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार