ओलीको आह्वान : आन्दोलन वा अराजकता?
देपेन्द्र बहादुर शाही
स्वाभिमान खबर, १२ जेठ २०८२
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आन्दोलनका नाममा कार्यकर्तालाई ‘कब्जा’ गर्न निर्देशन दिएका छन्। आइतबार ललितपुरमा आयोजित एमालेको कार्यक्रममा उनले जेठ १५ गते काठमाडौंमा आफ्नै पार्टीको नियन्त्रण हुनुपर्ने भन्दै कार्यकर्तालाई उक्साएका छन्।
‘आन्दोलनमा प्रोटोकल हुँदैन’ भन्ने अभिव्यक्तिले ओलीले कानूनको उल्लंघन गर्न प्रोत्साहन गरेको देखिएको छ। सत्तामा बसेका व्यक्तिले यस्ता अभिव्यक्ति दिनु संविधान र कानुन विपरीत भएको आलोचकहरूको भनाइ छ।
उक्त मितिमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनको घोषणा भइसकेको छ। ओलीको यो आह्वानले आफ्ना कार्यकर्तामार्फत राजावादीहरूसँग सिधा भिडन्त गराउने प्रयास भएको आशंका गरिएको छ।
कार्यक्रममा उनले ‘राजा विरेन्द्र मर्दा ती समर्थकहरू किन मरेनन्?’ भन्ने अभिव्यक्ति दिएका थिए, जसले थप विवाद चुल्याएको छ। यसप्रति चर्को आलोचना भइरहेको छ।
प्रधानमन्त्रीकै अभिव्यक्तिले राजधानीमा सम्भावित अराजकता निम्त्याउने खतरा बढेको भन्दै सुरक्षा चुनौतीको विषय उठाइएको छ।













प्रतिक्रिया दिनुहोस्