त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
स्वाभिमान खबर ,चैत २९
कमल कुमार शाही
काठमाडौं । त्रिभुवन विश्व विद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ।
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविश्व विद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा बिहीबार स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बरालले गत चैत १६ गते राजीनामा बुझाएका थिए। बराललाई त्रिविको उपकुलपतिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० फागुन १० गते नियुक्त गरेको थियो।
बराललाई काममा फर्किने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पनि सहजीकरण गर्न अनुरोध गरिएको थियो।
प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार













प्रतिक्रिया दिनुहोस्