२०८३ साउन १२ गते मङ्गलवार

करिब बीस करोड रकमसहित एकजना पक्राउ



करिब बीस करोड रकमसहित एकजना पक्राउ­
स्वाभिमान खबर , ५ चैत
कमल कुमार शाही

काठमाडौँ। : प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताउनुभयो ।  shajha page

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार