सुर्खेत बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनलाई लिएर विवाद हुदा अनेरास्ववियुले कार्यालयमा ताेडफाेड
स्वाभिमान खबर , फागुन २८
सुर्खेत । त्रिभुवन विश्वविद्यालयकाे आङ्गिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसमा निर्वाचनलाई लिएर बिवाद हुदा कार्यालयमा अनेरास्ववियुले ताेडफाेड गरेको छ । फागुन २७ गते निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ बजे सम्म उमेदवारी दर्ता गरि सक्नुपर्नेमा २ बजे पछि उमेदवारी दर्ता गर्न लाग्दा अखिल (क्रान्तिकारी )ले दर्ता गर्न नदिएर निर्वाचनको कार्यालय बन्द गरे पछि हतारमा उमेदवारीकाे लागि आवश्यक कागजात मिलाए फाइल पेस नगरेको भन्दै अनेरास्ववियुले दर्ता गर्ने समय थप गर्नुपर्ने माग राखेको थियो ।
साे बिषयमा निर्वाचन कार्यालयमा पेस भएको उमेदवार काे फाइलमा उमेदवारकाे अपुग कागजात थप गर्न पाउनुपर्ने तर उमेदवार काे नाम र पद परिवर्तन गर्न नपाउने निर्णय निर्वाचन समितिले गरेर सुचना निकाले पछि उत्पन बिबादले उर्गरुप लिए पछि अनेरास्ववियुले प्रशासनिक कार्यालय र निर्वाचनकाे कार्यालयमा ढुङ्गा र इट्टा प्रहार गरि ताेडफाेड गरेको हाे । कार्यालयमा ताेडफाेड सुरु भए पछि प्रहरीले लाठीचार्ज गरेको थियो । अहिले अवस्था समान्य रहेको छ ।
निर्वाचन समितिले निकालेको निर्णय यस प्रकार छ ।














प्रतिक्रिया दिनुहोस्