एमसीसी परियोजना स्थगित , एमसीसी अन्तरगतका परियोजना सम्पन्न हुनेमा आशंका
स्वाभिमान खबर , ६ फागुन,
कमल कुमार शाही
काठमाडौं । नेपालीमा बहुचर्चित बिदेशी परियोजना एमसीसी ९० दिनका लागि स्थगित भएको छ । यो परियोजना स्थगित भए संगै एमसीसी अन्तरगतका परियोजना सम्पन्न हुनेमा नेपालमा आशंका उत्पन्न गरेको छ ।
नेपाल सरकारलाई २ फागुन २०८१ मा इमेल आए संगै नेपाल मा संचालित सडक तथा बिधुत लगायतका परियोजना सम्पन्न हुनेमा आशंका उत्पन्न भएको हाे । व्यापक जनबिराेधका बिच नेपाल सरकारले २०७८ फागुन १५ (फेब्रुअरी २७, २०२२) मा MCC सम्झौता संसदबाट अनुमोदन गरेको थियो ।
सम्झौता अनुसार, MCC मा ५५ करोड अमेरिकी डलर अनुदान प्रयोग गरी नेपालमा विद्युत प्रसारण लाइन र सडक सुधार परियोजना निर्माण गरिँदै थियोे ।
MCC नेपाल कम्प्याक्टको कार्यान्वयन व्यापक जनबिराेधका बिच केही परियोजना अगाडि बढेका थिए । सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।
MCC राेकीएकाे अमेरिकाबाट अर्थमन्त्राालयलाई आएको चिठी बारेमा जानकारी 













प्रतिक्रिया दिनुहोस्