नेपालबाट मागेर खाने प्रवृत्तिकाे अन्त्य गरिनुपर्छ , नेपाली स्वाभिमानी भएर बाँच्नु पर्छ- विप्लव सी
स्वाभिमान खबर , माघ ३०
कमल कुमार शाही
सल्यान । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालबाट मागेर खाने प्रवृत्ति अन्य गरिनुपर्छ ,नेपाली स्वाभिमानी भए र बाँच्नुपर्छ भनेका छन ।
आज माघ ३० गते सल्यान उद्योग बाणिज्य संघले संघको कार्यालय श्रीनगरमा भएको स्वागत कार्यक्रममा अब नेपालबाट मागेर खाने प्रवृत्तिकाे अन्य गरि सम्पूर्ण नेपाली जनताले स्वाभिमानी भए र बाँच्नु पर्ने बताएका हुन ।
साे अवसरमा महासचिवले नेपाललाई सम्पूर्ण क्षेत्रबाट आउदाे दर्षक नेपालमा सकारात्मक उथलपुथल ल्याउने गरि आफुले नेपालकाे नेतृत्व गर्ने पनि बताउनुभयो । अहिलेकाे नेपालकाे सम्पूर्ण समस्याको कारण राज्यको व्यवस्था भएको जिकिर गर्नुभयो उहाँले अहिकाे सरकारकाे नेतृत्व प्रति लक्षित गर्दै संघर्ष गर्दा जनतालाई सम्झने सरकारमा हुदा जनतालाई आफ्नो स्वार्थ पूरा गर्ने परिपाटीले जनता आजित भएको बताउनुभयो । सिङ्गापुरकाे विकासको उदाहरण प्रस्तुत गर्दै नेपाल भन्दा कमजोर देश पनि अगाडि बढी सक्य केही दर्षक अगाडि नेपालले खाद्यान्न सहयोग गरेको सिङ्गापुर अहिले कहाँ पुगिसक्याे नेपालकाे अवस्था झनझन कमजोर भएर गएको प्रति अहिलेका संसदवादी दल जिम्मेवार भएको बताउनुभयो ।
सल्यान आउदा दाङ देखि श्रीनगर सम्मकाे बाटोकाे अवस्थाकाे उदाहरण दिएर यस ठाउका केन्द्रीय राजनीतिको नेतृत्व गर्ने नेताले यहाँकाे विकास लाई गम्भीर भएर पहलकदम नगरेको इङगित गर्नुभयो । सल्यानकाे विकास गर्नकाे लागि सम्पूर्ण राजनीति दल र जनता एक भएर अगाडि बढनु पर्छ भनुभयाे ।
सल्यान उद्योग बाणिज्य संघले राखेको चिस्यान केन्द्रकाे मागलाई आफुले बनाउनकाे लागि प्रदेश तथा केन्द्र सरकार संग पहल गर्ने आवासन दिनुभयो । साे अवसरमा संघका अध्यक्ष रवीन्द्र श्रेष्ठले महासचिवलाई संघको कार्यलयमा स्वागत गर्नपाउनु आफ्नो कार्यकालको लागि गौरवान्वित अवसर भएको यसको लागि महासचिव लगायत नेपाल कम्युनिस्ट पार्टी प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । संघका अध्यक्षले महासचिवलाई सल्यान उद्योग बाणिज्य संघको तर्फबाट मायाको चिनाे सल्यान जिल्लाकाे बारेमा लेखिएको किताब समेत प्रदान गरिएको थियोे
स्वागत कार्यक्रममा सल्यान जिल्ला वासी व्यापारी व्यावसायिक , बुद्धिजीवी राजनीति दल संचारकर्मी लगायत श्रीनगरवासी आम नागरिकको उपस्थिति रहेको थियोे । महासचिव विप्लव सी फागुन १ गते जनयुद्ध दिवस मनाउन यस जिल्लाकाे बागचौर मा हुने विपिन मेमोरियल फाउन्डेसन काे कार्यक्रममा सहभागी हुन यस जिल्लामा आउनुभएको हाे ।















प्रतिक्रिया दिनुहोस्