२०८२ चैत्र १९ गते बिहिवार

भीम रावल ´ मातृभूमि जागरण अभियान`मा निस्किए



भीम रावल ´ मातृभूमि जागरण अभियान`मा निस्किए
पौष २१ , काठमाडौं
देपेन्द्र बहादुर शाही
सत्तारुढ दल नेकपा एमालेको निष्कासनमा परेका डा भीम रावल मातृभूमि जागरण अभियानमा निस्किएका छन । रावलले कोशी प्रदेशबाट अभियान काे सुरुवात गर्न लागेको रावल निकट स्रोतले जानकारी दिएको छ । रावल लाई काेशी प्रदेश विराटनगर विमानस्थलमा नेकपा एकीकृत समाजवादी र स्वतन्त्र नागरिकहरुले भव्य स्वागत गरेका थिए ।

पार्टी हितविपरीतको काम गरेको भन्दै एमालेले साधारण सदस्यबाट समेत निस्कासित गरेलगत्तै काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले नेतृत्वको भण्डाफोर गरेका रावल त्यसलगत्तै जिल्ला दौडाहमा लागेका हुन् ।

पूर्वी यात्रामा निस्किएका डा। रावलले पहिलो कार्यक्रम एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट सुरु गरेका छन् । त्यसपछि इलाम, मोरङ, सुनसरी जिल्लामा अभियान सञ्चालन हुने बताईएको छ ।

पूर्वी नेपालको यात्रामा निक्लिएका रावलले शनिबार सुनसरीको इटहरीमा राजावादीहरुसँग भलाकुसारी गरेका छन् । इटहरीमा राजावादीको पहिचान बनाएका विष्णु रिजालको घरमा रावलले शनिबार भेटघाट गरेका हुन् । सो भेटमा रावल र उनीहरुबीच राष्ट्रका लागि मिलेर जानेबारे छलफल भएको बताईएको छ ।

राजावादीहरुसँगको भेटमा रावलले ०६२-६३ सालको आन्दोलन गणतन्त्र ल्याउन नभएको दाबी गरेका छन् । ०६२-६३ सालको आन्दोलनको बलमा गणतन्त्र धर्मनिरपेक्षता र संघीयता आएको भएपनि त्यो आन्दोलनको अजेण्डा नभएको रावलको दाबी थियो । राजीवादीसँगको भेटमा उनले भनेका थिए ‘२०६२-६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन, यो म तपाईंहरुलाई जानकारी गराउँछु, धर्ननिरपेक्षता पनि थिएन, संघीयता पनि थिएन ।’

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार