महासचिव विप्लव सी काे उपस्थितिमा सुरु भएकाे अखिल (समाजवादी) केन्द्रीय कमिटीको तेस्रो बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन
पौष , ११ चितवन
देपेन्द्र बहादुर शाही
नेपाल कम्युनिस्ट पार्टी का महासचिव विप्लव सी काे उपस्थितिमा सुरु भएकाे अखिल (समाजवादी ) केन्द्रीय कमिटीको तेस्रो बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन भएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष नरेन्द्र सीकाे अध्यक्षतामा षौष ९ गते बाट सुरु भएको बैठक आज सकिएको हाे । बैठक मा देशैभरी बाट केन्द्रीय सदस्यहरुकाे उपस्थिति रहेको थियो । चितवन बैठकमा अबको नेपाली विद्यार्थी आन्दोलन कसरी अगाडि बढाउन सकिन्छ भने बिषयमा व्यापक छलफल गरि महत्त्वपूर्ण निर्णय गरिएको संगठनका महासचिव प्रकाश सी ले जानकारी दिएका छन् ।
बैठक मा नेपालकाे शिक्षालाई कसरी सुधार गर्न सकिन्छ भने बिषयमा व्यापक छलफल भएको प्रकाश सीले बताएका हुन ।
पार्टी महासचिव विप्लव सीले बैठकलाई प्रशिक्षित गर्दै अखिल (समाजवादी ) विद्यार्थी संगठन पार्टीको बलियो आधार भएको बताउनुभयो । उहाँले पार्टीले गरेका दुर्गगामी निर्णयलाई सफल बनाउन संगठनले महत्त्वपूर्ण जिम्मेवारी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
महासचिव विप्लव सीले नेपाल कम्युनिस्ट पार्टीले नेपालमाल साच्चिकै समाजवाद ल्याएर देखाउने जिकिर गर्नुभयाे । नेकपा काे छैठौं केन्द्रीय बैठक पश्चात् नेपालकाे राजनीतिमा परेको प्रभाव बारे उहाँले पार्टी गतिविधिले पछिल्लो समय नेपालकाे राजनीतिमा सबैको ध्यानाकर्षण गराएको बताउनुभयो । बिशेष त पार्टी केन्द्रले लिएको उत्पादन नितिले बिशेष चर्चा पाएको छ ।
केही समय अगाडि सम्पन्न छैठौं पार्टी केन्द्रीय कमिटीमा देखिएको सम्पूर्ण केन्द्रीय कमिटी आफैंले स्थापना गरेको सिलाई उद्योगबाट सिलाइएका एक रङ्गको पाेसाकले धेरै नै चर्चा पाएको छ । पार्टीले पनि उत्पादन गर्छ भने भाष्य अब नेपालकाे कम्युनिस्ट पार्टीको लागि पुरानो भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ता ले उत्पादनमा सहभागी भए र सावित गरिदिएका छन ।नेकपाले देशै भरी कृषि खेती , तरकारी , हिमाल र पहाडमा फलफूल बाख्रा पालन तथा मौरी पालन गरेर उत्पादनलाई वृद्धि गरिरहेको छ ।पार्टीले याे बर्ष १७ सय कुण्डल धान उत्पादन गरेको छ भने हिउँदमा आलु तथा तरकारी उत्पादन गरिरहेको छ । उत्पादनले पार्टी तथा कार्याकर्तालाई आत्मनिर्भर बनाउने यसलाई अभियान काे रुपमा विस्तार गरि जनस्तरमा पुगाउने , समृद्धिकाे लागि उत्पादन लाई उद्योगमा विस्तार गर्नुपर्ने नेकपा काे निष्कर्ष रहेको छ ।
नेकपाले नयाँ तरिकाले नेपालकाे राजनीति अगाडि बढाउन चाहेको देखिन्छ । नयाँ बिचारकाे संलेषण , नयाँ आर्थिक मार्ग ( NET New economic track ) आर्थिक निति अगाडि सारेको छ । उत्पादनमा एकीकृत स्वामित्व , सामुहिक उत्पादन र निजि जीवन हुनुपर्ने नेकपा काे नयाँ आर्थिक मार्ग काे बिचार अगाडि सारेको छ ।













प्रतिक्रिया दिनुहोस्