२०८३ साउन १२ गते मङ्गलवार

माेटरसाईकलकाे ठक्करबाट ७ बर्षिय बालककाे मृत्यु



माेटरसाईकलकाे ठक्करबाट ७ बर्षिय बालककाे मृत्यु
झापा कार्तिक २०

माेटरसाईकलकाे ठक्करबाट ७ बर्षिय बालककाे मृत्यु भएकाे छ ।
मृत्यु हुने झापाकाे कनकाई नगरपालिका -५ का बिनाेद पाठकका ७ बर्षिय छाेरा साेहन पाठक रहेका छन ।

माेटरसाईकल दुर्घटना भई उनको मृत्यु भएको हाे । झापाकाे कनकाई नगरपालिका -५ स्थित मे ११ प ३३८ नम्बरकाे माेटरसाईकले बाटाेमा खेल्दै गरेका  ७  बर्षिय साेहन  पाठकलाई  माेटरसाइकलकाे ठक्करबाट घाइते भएका पाठकलाई उपचारकाे लागि बिर्ता सिटि अस्पताल पुगाइएकाे थियोे । अस्पताल पुग्दा  उनकाे  मृत्यु भइसकेको अस्पतालले जनाएको  छ ।
माेटरसाईकल चालक २३ बर्षिय अजत मिया फरार भएका थिय तर राति ११ बजे उनलाई बाह्रदशी गाउँपालिकाकाे चकचकिबाट पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालयका डिएसपि प्रकाश बिष्टले जानकारि दिएका छन ।

प्रकाशित मिति : २०८१ कार्तिक २० गते मङ्गलवार