नाै लाख ३८हजार नगद सहित १५ जना जुवाखालबाट पक्राउ
धरान कार्तिक १८
नाै लाख ३८ हजार नगद सहित १५ जना जुवा खालबाट पक्राउ परेको छन ।
धरानकाे बराहक्षेत्र नगरपालिका–३ वडा स्थित एक घरमा लुकिछिपि जुवा खेलाइरहेकाे गाेप्य सूचनाकाे आधारमा धरानबाट परिचालन भएको प्रहरीको टोलीले रु.नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख सुमन कुमार तिमिल्सिनाले जानकारि दिएका छन ।
जुवा खालबाट नाै लाख ६८ हजार क्यास सहित १२ थान माेबाइल बरामद गरिएकाे छ । उनीहरु माथि सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप अनुसार कसूर गरेकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएकाे प्रहरी प्रमुखले बताउनभएकाे छ । सबै अभियुक्तहरूलाई महेन्द्रस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाइकाे छ ।
प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार














प्रतिक्रिया दिनुहोस्