नागढुङ्गा सहकारी संस्थामा बचतकर्ताकाे पाँच करोड हिनामिना
पर्वत – कार्तिक १६
पर्वतकाे नागढुङ्गा बचत तथा ऋण सहकारि संथाकाे झण्डै पाँच कराेड हिनामिना भएकाे छ ।
पर्वतकाे फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थामा आफ्नो रकम हिनामिना भएकाे भन्दै बचतकर्ताले उजुरि दिएपछि उक्त सहकारिका काेषाअध्यक्ष दिर्घनारायण शर्मा पक्रउ परेका छन ।
शर्मा सहित तीनजना विरुद्ध पक्रउ पुर्जी जारि भएकाे थियाे । जसमा सहकारिका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिएका छन ।
सहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी रहेका र उक्त सहकारीमा ६५० हाराहारीमा बचतकर्ता रहेको सहकारी रजिस्टारको कार्यालयमा देखिएको छ ।
सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम एक वर्षभित्र मिलाउन समय दिएको थियो ।
सञ्चालक समिति र व्यवस्थापक मिलेर अपचलन भएको रकम कृत्रिम खातामार्फत कारोबार गर्ने, बचत र शेयर रकमको सफ्टवेटरमा हिसाबै नदेखाउने र व्यक्तिगत रुपमा खर्च गरेर गाउँलेको रकम हिनामिना गरी संचालक फरार रहेको बचत कर्ता काे आराेप छ।
बाख्रापाठा, अन्नपात बेचेर र विदेशबाट कमाएर ल्याएकाे पैसा व्यवस्थापक र सञ्चालक मिलेर झ्वाम पारेका हुन
व्यवस्थापक केसी भने दुई महिना अगाडि नै फरार भैसकेका थिय । अध्यक्ष गिरीनारायण श्रेष्ठ भने केही दिन अघिदेखि फरार भएका हुन् ।
याे सहकारिमा करिब ६५० बचतकर्ताकाे चार कराेड ८०लाख हिनामिना हुदा बचत कर्ता समस्यामा परेका छन ।














प्रतिक्रिया दिनुहोस्