घरमा पसेको दुर्लभ अजिङ्गरकाे उद्दार गरि गाउँले बन कार्यलयलाई बुझाए
असाेज ८, कञ्चनपुर
दिपेन्द्र बहादुर शाही
घरमा पसेको दुर्लभ अजिंगरको उद्दार गरि गाउँले बन कार्यलयलाई बुझाएका छन । असाेज ८ गते कन्चपुर जिल्ला बेलौरि नगरपालिका वाड नं.१ फटिया गाउँकाे एक घरमा पसेको अजिङ्गरलाई गाउँले उदार गरि बन कार्यालय सब डिभिजन BOP कार्गिल डाँढा कुण्डालाई लिखित भ्रपाई गरेर अन्दाजि ९ फिट लामो, अन्दाजि १५ किलो ओजन र अन्दाजि ८ ईन्च मोटाई भएको दुर्लभ मानिने अजिङ्गरलाई बुझाएको हुन ।
बुझाएको अजिङ्गर सब डिभिजन कार्यालयले बुझेर लिएको छ ।अजिङ्गरलाई स्थानीयले फटिया गाउँकाे एक घर मा देखेपछि स्थानिय बासिन्दाले नजिकै रहेको BOP कार्गिल डाँढाका ईन्चाज सैहि कमल देव ओझाको टोलि ,अस्थाई प्रहरी चौकि फटियाका ईन्चार्ज,असहि भुपेन्द्र पुजाराको टोलिलाई खबर गरि स्थानिय युवाहरूको सक्रियतामा अजिङगरलाई उदार गरिएको थियो ।
लामो समयदेखि बिबिध कारणले दुर्लभ मानिएको अजिङ्गर देखिनु सुखद पक्ष हाे यसको संरक्षण गर्नु सराेकारवाला निकाय सहित आमनागरिककाे जिम्मेवारी हाे यो जिम्मेवारी सबै मिलेर पूरा गर्नुपर्छ ।
अजिङ्गर बुझएकाे भ्रपाई














प्रतिक्रिया दिनुहोस्