२०८३ साउन १२ गते मङ्गलवार

खेलकुदकालागि छुट्टाएकाे रकम खेलाडीले नपाएपछि वडा कार्यलयमा ताला



 

अशाेक

कालिकोट

जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर १ मा अघिल्लो आर्थिक वर्षको खेलक्षेत्रमा छुट्याएको १ लाख रकम गाउँपालिकावाट भुक्तानी भइसकेको भएपनि खेलाडीहरुले नपाएपछि वडा कार्यालयमा खेलाडीले ताला लगाएका छन ।

पीडित खेलाडीहरुले आफूले खेलकुद खेलिसकेको र रकम पनि पालिकाबाट भुक्तानी भइसकेको भएपनि वडा अध्यक्ष र सचिवले भूक्तानी गर्न आलटाल गरेको भन्दै वडा कार्यालयमा ताला लगाउनु परेको बताएका हुन ।
उनीहरुले एक वक्तव्य समेत जारी गरी वडा अध्यक्ष र सचिवलाई कार्वाहीको माग गरेका छन । पीडित खेलाडीहरुले आफूले पाउनु पर्ने रकम यथाशिघ्र पाउनु पर्ने माग गरेका छन ।

खेलाडीहरुले मागहरु पुरा नहुदा सम्म वडा कार्यालयमा लगाएको ताला नखोल्ने समेत चेतावनी दिएका छन ।
खेलक्षेत्रको लागि वडालाई अघिल्लो आर्थिक वर्षमा १ लाख रुपैया छुट्याएको थियो । यो पैसा गत असार भित्रै वडा सचिव मोहन न्यौपानेले आफ्नो नाममा भुक्तानी लिएको खेलाडीहरुको दावी छ ।

बिभिनन् ठाउँहरुमा खेल खेल्लन जाँदा खेलाडीहरुले व्याक्तिगतरुपमा खर्च गर्नु परेकाे छ । खेलकुदकाे लागि पालिकाले छुट्टाएकाे रकम वडा अध्यक्ष र सचिवले खेलाडिलाई दिन आलटार गरेकाे खेलाडी तपेन्द्र ऐडि र सागर लुवार दुखेसाे व्याक्त गरेका छन।

असार देखि असोज लाग्दा पनि रकम खेलाडीहरुले नपाएपछि बाध्य भएर वडा कार्यलयमा ताला लगााउनु परेको पीडित खेलाडीहरुले बताएका छन ।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार