२०८३ जेष्ठ १९ गते मङ्गलवार

मध्यपश्चिम बिश्वबिद्धालय काे स्ववियु निर्वाचन दाेस्राे पटक स्थगित



मध्यपश्चिम बिश्वबिद्धालय काे स्ववियु निर्वाचन दाेस्राे पटक स्थगित
भदौ २७ , सुर्खे देबेन्द्र बहादुर  शाही

मध्यपश्चिम बिश्वबिद्धालय काे स्ववियु निर्वाचन दाेस्राे पटक स्थगित भएको छ । यही भदौ २८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन काे निर्वाचन जिल्ला अदालत सुर्खेतले स्थगित गरेको हाे ।

स्ववियु निर्वाचन असाेज ६ गतेको लागि स्थगित भएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश श्री मदन पाेख्रेलकाे इजाजत बाट असाेज ६ गते दुवै पक्ष उपस्थिति हुनु भनी अन्तरिक आदेशको लागि स्थगित भएको हाे ।

जिल्ला अदालत सुर्खेतमा भदौ २६ गते मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको निर्वाचन अधिकृतकाे कार्यालय स्ववियु निर्वाचन २०८१ काे मिति २०८१/५/२४ चलानी नम्बर ०६ तगे प्रकाशि गरिएको अन्तिम मतदाता नामावली प्रकाशनमा ग्य्राजुयट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी वि . एस्सी वायुलाेजी पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले स्ववियु निर्वाचन काे लागि प्रकाशित मतदाता नामावलीमा प्रकाशन मा नाम समावेश नगरेको भन्दै रिट निवेदन हालेका थिए ।

हाललाई मध्यपश्चिम विश्वविद्यालय काे स्ववियु निर्वाचन दुई पटक स्थगित भइसकेको छ । स्ववियु निर्वाचन अन्तिम समयमा आएर पटकपटक स्थगित हुनुले स्ववियु निर्वाचन   नहुने हाेकी भने आशंका  विद्यार्थी माझ सृर्जना भएको छ ।

सुर्खेत जिल्ला अदालत सुर्खेतबाट भएको स्थगित काे आदेश यस प्रकार छ ।

 

 

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार