२०८३ साउन १७ गते आइतवार

सस्ताे लाेकप्रियताका लागि शिक्षामन्त्रीकाे स्ट्रनबाजी – ज्ञानेन्द्र शाही



 

सस्ताे लाेकप्रियताका लागि शिक्षामन्त्रीकाे स्ट्रनबाजि

शिक्षामन्त्रीले टालेकाे सर्ट लगाएर फाेटा सामाजिक संजालमा भाईरल भए पछि माननीय ज्ञानेन्द्र शाहीले सस्तो   प्रियताकाे लागि यति सम्मकाे नाटक नगर्न भन्दै  सामाजिक संजालमा आफ्नै फेसबुक मार्फत टिप्पणी गरेका छन।

शाही आफ्नाे फेसबुककाे वालमा यसरी लेख्छ

शिक्षामन्त्री सुमना श्रेष्ठले ‘टालेको सट’ लगाएपछी माननीय ज्ञानेन्द्र शाही लेख्छन् :
‘सस्तो लोक प्रियताकाे  कति नाटक गर्छौ ? अमेरिकाको MIT university को कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैया तिर्न सक्नेले एउटा ३५० रुपैयाको सट किन्न्न सक्दैन रे ? अनि काठमाडौमा फेरि- फेरि गाडी चढ्ने सक्ने , एन्जिओबाट महिनाको ३ लाख तलब खान सक्नेले साथै मन्त्रीकोरुपमा करिब महिना कै ९० हजार तलब खानसक्ने, र काठमाडौको फाइभ  स्टार होट्लमा बिदेशी श्रीमान संग दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाको एउटा सट किन्न सकिँदैन रे ? तिम्रो नाटक एउटाले क्यामरा बोक्ने एउटाले च्यातिएको सट घरबाट लगाएर आउने अनि फोटो खिच्ने र बिदेशमा रहेका केही पैसा खाएर काम गर्ने भक्तेले फोटो हाल्ने र वाह वाह गर्दै  भजन गाउने बिचारा सोझा -साझा इलामे जनतालाई उल्लु बनाउने यो तिम्रो नाटकघर होईन ? तिमहिहरु भन्दा राम्रो नाटक त घुर्मुस सुन्तलीले पनि गर्नै सक्दैनन?
तिमीहरु यो हद सम्म जान सक्छौ भने अहिले पहिचानको मुद्दापनि बोकि भाेट बटुलि  रहेका छौरे बरु च्यातिएको सट लागाएको नाटक गर्नु भन्दा त केरा र झडपात र अमलिसोको स्याउला ओडेर घरदैलो कार्यक्रम गरे इलामे जनताको पहिचान भनेर झुकाउन पनि पाईने जनाताले बिजोग भएछ भनेर मतदान संगै  कपडा दान पनि गर्नेछन अमेरिकामा सेकेन्ड ह्यान्ड कपडा पसल नै खोल्न पुगनेछ तिम्रा रगरग ।’

माननीय शाहीले तिखो आलोचना गरेका छन ।

 

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार