आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी प्रकाउ
असार २०, सुर्खेत
प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भई वारदात मिति देखी नै भागी फरार रहेका प्रतिवादी ज्ञान बहादुर केसीलाई प्रहरीले गएको शुक्रबार प्रकाउ गरेको हो ।
केसी मिति 2081/2/15/गतेबाट फरार रहेका थिए उनकाे कालिकोट जिल्ला सान्नी त्रीबेनी गा पा वडा न 8 मा स्थायी बसाेवास रहेको छ । उनी हाल दैलेख जिल्ला गुराँस गा पा वडा न 1 मा assistance sub-engineer रुपमा काम गरिरहेको थिए ।
उनलाई मिति 2081/3/14 गते पुलिसले अनुसन्धानको क्रममा बिरेन्दनगर न पा वडा न.7 मा लुकिछीपि रहेको अबस्थामा प्रहरीले फेला पारेको हाे ।
केसी कालिकोट जिल्ला नरहरिनाथ गा पा वडा न.5 बस्ने हाल पढाइको सिलसिलामा बिरेन्द्रनगर न पा वडा न.5 मा बसिरहेकि सुशीला बाेगटी लाई करिब 3 बर्ष सम्म माया जालमा फसायर घाेका दिई आत्महत्या गर्न दुरुत्सान गरेको मुद्दामा फरार रहेको थिए ।
उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ०७ स्थित घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक बिरेन्द्र देव विश्वकर्माले जानकारी दिए ।
प्रतिवादी केसीलाई हिरासतमा राखिआवश्यक अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ । उनलाई सुशीलाका आफन्त घरपरिवारले कडा कानुनी कार्वाही काे माग गरेको छन् ।














प्रतिक्रिया दिनुहोस्