२०८३ भाद्र २९ गते सोमवार

“मेरो सबैभन्दा मिल्ने साथी मेरो ऐना हो “



 

एउटी शिक्षिकाले आफ्नो कक्षाकोठामा गएर विद्यार्थीहरूलाई भनिन्: “आज मित्रता दिवस हो।” त्यसैले म चाहन्छु कि तपाइँहरू बसेको ठाउँबाट उठ्नुहोस् अनि आफ्नो सबैभन्दा मिल्ने साथीको अगाडी जानुहोस र हात मिलाउँदै एकअर्कालाई मित्रता दिवसको शुभकामना भन्नुहोस्। तपाइँहरूको साथीहरूलाई तपाईंले कति ख्याल राख्नुहुन्छ भनेर उनिहरुलाई थाहा दिनुहोस्। उनीहरूसँग प्रेमिल शुभकामना साटासाट गर्नुहोस् र यो मित्रता दिवसलाई अविस्मरणीय बनाउनुहोस्।”

आफ्नो शिक्षिकाले शुभकामना साटासाट गर्नु भनेपछि सबै विद्यार्थीहरू खुसी र हर्षोल्लासका साथ बसेको ठाउँबाट उठे र आफ्ना साथीहरूको नजिक गएर हात मिलाए। तर त्यहाँ एउटी केटी थिई जो एक्लै उभिरहेकी थिईन, उनको कोही साथी थिएनन उनको अनुहार हात गोडामा ठाउँ-ठाउँमा सेतो दाग थियोे।

शिक्षिकाले उनलाई औंल्याएर सोधिन: “तिमी… तिमी किन एक्लै उभिएकी छौ? तिम्रो मिल्ने साथी कहाँ छन?”

केटीले बिस्तारै जवाफ दिइन्: “मेरो सबैभन्दा मिल्ने साथी मेरो ऐना हो, र ऎना अहिले मसँग छैन।”

उनको कुरा सुनेपछि कक्षाका उनका साथीहरुले उनको खिल्ली उडाउँंदै हाँस्न थाले, सधैं झैं उनीहरुले उनलाई सेतो दाग भाकी केटी भन्दै जिस्काउन थाले।
हल्ला सान्त भएपछि शिक्षिकाले उनलाई सोधिन: “तिम्रो ऐना कसरी तिम्रो सबैभन्दा मिल्ने साथी भयो?”

युवती एकछिन चुपचाप बसिन, त्यसपछि अचानक आँखाको डिल वरिपरि आँसु पार्दै उनले भनिन्: “मेरो ऐना मेरो सबैभन्दा मिल्ने साथी हो किनकी यसले मलाई कहिल्यै खिसी गर्दैन र मेरो रूपको मजाक बनाउँदैन। म रुदा उ कहिल्यै हाँस्दैन बरु मसँगै रुन्छ। जब म मुस्कुराउँछु यो मलाई हेर्दै मुस्कुराउँछ। र म दु:खी हुँदा यसले दु:खी भएको नाटक गर्दैन। मेरो ऐना भन्दा विपरीत मेरा सहपाठीहरू सबै मतलवी र निर्णायक छन्, र उनीहरूले आफूलाई भगवान झै सम्झन्छन्। यो संसार मित्रवत व्यबहार गर्ने ठाउँ होइन, यहाँ तुच्छ र निर्दयी मान्छेहरू बस्छन। निच र निर्दयी मान्छेहरुले मलाई मेरो शरीरमा सेतो दाग आउदैमा मलाई भिन्दै संसारबाट आएको जस्तो व्यबहार गर्छन् र मसँग डराउँछन्। यस संसारमा राम्रो मन भएका मान्छेहरू त्यति धेरै संख्यामा छैनन। त्यसैले मेडम तपाइँलाई म सोध्न चाहन्छु कि के तपाईं आफू ति असल मानिसहरूमध्ये पर्नुहुन्छ?”

नैतिक पाठ: हामी आफैलाई त्यो सरल प्रश्न सोधौं। के हामी संसारका असल मानिसहरू मध्येमा पर्छौं? जबसम्म तपाईंले यि माथिको प्रश्नको स्पष्ट रूपमा जवाफ दिनुहुन्न भने तपाईं पनि तिनै मानिसहरूको समूहमा पर्नुहुन्छ भन्ने कुरा सारा संसारले थाहा पाउनेछन्। आफू दयालु हुनुहोस् र अरुको बारेमा निर्णय गर्न छोड्नुहोस्। ऐना जस्तै बन्नुहोस् र अरु रोएको बेला आफू कहिल्यै नहाँस्नुहोस्।।

 

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार