२०८३ भाद्र ३० गते मङ्गलवार

नगरको सेवामा खटिएँ, तर आज मेरो पैत्रिक घर खरानीमा…’ – वीरेन्द्रनगरकि मेयर ढकाल



नगरको सेवामा खटिएँ, तर आज मेरो पैत्रिक घर खरानीमा…’ – वीरेन्द्रनगर मेयर ढकाकी

 

कमल कुमार शाही
स्वाभिमान खबर भदौ २८, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल आज शब्दमा उतार्नै गाह्रो पीडामाथि उभिएकी छिन्। नगरको विकास र जनताको सेवामा दिनरात नसोची खटिएकी नेतृलाई अहिले आफ्नै पैत्रिक घर खरानीमा परिणत भएको पीडाले गाँजेको छ।
ढकालले आँसु पोख्दै भनिन्–
“यो आठ कोठे दुईतले घर मेरो पैत्रिक सम्पत्ति र श्रीमानको २५ वर्षको रगत–पसिनाको कमाइबाट बनेको थियो। पहिलो तल्ला २०५९ सालमा बनेको हो, दोस्रो तल्ला २०६५ सालमा। आज यो सबै जलेर खरानी हुँदा परिवार मात्र होइन, मेरो जीवनकै आधार ध्वस्त भएको महसुस भइरहेको छ।”
तर उनको पीडा केवल घर गुमाउँदाको मात्र होइन। अझै ठूलो प्रश्न उनको मनमा सेवा  गर्दाको छ ? मेयरले आफुले गरेका केही उदाहरणीय काम सम्झदै भनिन
“के म जनप्रतिनिधिका रूपमा जनताको अधिकार र नगरको विकासका लागि अहोरात्र खटिएकै कारण यस्तो अन्याय सहन बाध्य भएँ ?”
‘नगर विकासमै आत्मा अर्पण गरेँ’
ढकालले आफ्नो कार्यकालका कामहरू सम्झँदै नगरबासीलाई सम्बोधन गरिन्। सडक फराकिलो पारेर सहरलाई पश्चिम नेपालको उदाउँदै गरेको केन्द्र बनाउनदेखि, पार्क निर्माण, बजार व्यवस्थापन, पैदलमार्ग, ट्राफिक लाइट, सार्वजनिक शिक्षा सुधार, बुलबुले र घण्टाघरजस्ता धरोहरको संरक्षणसम्म, उनले वीरेन्द्रनगरलाई उपमहानगर स्तरको स्वरूप दिने लक्ष्य बोकेकी थिइन्।
खानेपानी संकट समाधान गर्न भेरी लिफ्टिङ आयोजना अघि बढाउने, स्वास्थ्य सेवामा पालिकाभन्दा तीन गुणा बढी जनतालाई सेवा दिने, करिब ६ लाख जनसंख्यालाई आधारभूत सुविधा पुर्‍याउने र राजधानी सहरका पूर्वाधार र राजस्व संरचना बनाउन गरेको प्रयाससमेत उनले सम्झाइन्।
‘म दोषी भएँ भने सजाय भोग्न तयार छु’
ढकालले स्पष्ट गरिन्

“यदि म दोषी ठहरिएँ भने परिणाम भोग्न आफैं तयार छु। तर, नगरबासी दाजुभाइ दिदीबहिनीहरू, तपाईंहरूको मत र विश्वासको संरक्षण गर्दै जस्तोसुकै परिस्थिति आए पनि सतिसाल भएर नगर, राष्ट्र र राष्ट्रियताको पक्षमा उभिरहनेछु।”
उनका अनुसार, यो आगलागी केवल उनको घर जल्नु मात्र होइन, एउटा आमाको सपना, एउटा नगर सेविकाको जीवन–भरि बुनिएको परिश्रम र एउटा सहरलाई नयाँ रूप दिन खोजेको संकल्पको विरुद्धको चोट हो।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार