२०८३ साउन १३ गते बुधवार

नेपाल कम्युनिस्ट पार्टीले पहिलोपटक सुर्खेतमा चैते धान राेप्याे



नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले पहिलोपटक सुर्खेतमा चैते धान राेप्याे

चैत ९ , सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले पहिलोपटक सुर्खेतमा चैते धान राेपेकाे छ । पंञ्चपुरी नगरपालिका वडा नम्बर ८ माझी गाउँ कसेनी खेतमा चैते धान राेपेकाे हाे ।

नेपाल कम्युनिस्ट पार्टी सुर्खेत जिल्ला काे आयोजना कृषि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतकाे समन्वयमा धान राेप्ने कार्यक्रम सम्पन्न भएको थियोे ।

 

कार्यक्रम मा नेपाल कम्युनिस्ट पार्टीका मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी ले पार्टीले लिएको उत्पादन काे अल्पकालीन निति अन्तरगत याे चैते धान राेपेकाे बताएका छन । पार्टीले उत्पादनलाई प्रभावकारी आत्मनिर्भर बनाउन अल्पकालीन , मध्यकालीन ,र दिघ्रकालिन निति बनाएको भर्खर विप्लव सीकाे उपस्थितिमा दिघ्रकालिन निति अन्तरगत जुम्ला कालिकोट मा १५०० स्याउकाे विरुवा राेपेर फर्केको बताएका हुन । पार्टीको उत्पादन नितिले आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेता कर्याकर्ता , आत्मनिर्भर जनता र आत्मनिर्भर स्वाधीन देश बनाउन उत्पादन निति अगाडि सारेको स्पष्ट पार्नुभयो ।

कृषिविकास निर्देशनालय बालि विज्ञ कर्णाली प्रदेश कार्यलय प्रमुख यम रानाले देशमा युवा आफ्नो खेत बाजाे राखेर विदेश पलायन भइरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीले बाजाे खेतमा यो चैत्य धान राेप्ने कार्यक्रम मा निम्तो दिएको मा आयाेजक पार्टीलाई धन्यवाद दिदै खुसी व्यक्त गर्नुभयो ।

 

देशमा युवालाई राेजगारीका अवसर सृर्जना गर्न उत्पादनमा जाेड दिन पार्टीलाई आग्रह गर्नुभयो । उहाँले याे कार्यक्रमले युवालाई उत्पादनमा लाग्न आकर्षण गर्ने जनतामा सकारात्मक संन्देश प्रवाह गर्ने विस्वास गर्नुभयो ।

कार्यक्रममा सुर्खेत जिल्ला पार्टीका इन्चार्ज धुव्र सी ,सेक्रेटरी जित सी , विश्वास सी सहिद परिवारकि केन्द्रीय काेषाअध्यक्ष याेजना सी , मगर मुक्तिमोर्चा नेपाल का जिल्ला संयाेजक श्याम सी विद्यार्थी संगठन अखिल समाजवादीका केन्द्रीय सदसदस्य तुलराज सी ,कमल सी , उपेन्द्र सी लगायत नेता कार्यकर्ताकाे उल्लेख सहभागीता रहेको थियो । कार्यक्रमकाे संचालन धुब्र सी ले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार