शैक्षिक सस्त्र सुरु नहुदै कर्णालीाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुग्यो ।
चैत्र २५ , सुर्खेत
शैक्षिक सस्त्र सुरु नहुदै कर्णालीका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । शैक्षिक शस्त्र सुरु हुन एक हप्ता बाँकी रहदा नै किताब पुगेको हाे । कुनै समय शैक्षिक सस्त्र सुरु भए र दाेस्राे तेस्रो त्रैमासिक परिक्षा हुदा समेत पूरा पाठ्यपुस्तक नपुग्ने कर्णाली का जिल्लामा शैक्षिक सस्त्र सुरु नहुदै पाठ्यपुस्तक पुग्नुले विद्यार्थी खुसी भएको छन् ।
कर्णाली प्रदेश काे पाठ्यपुस्तक वितरणको काे जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कर्णाली का सबै जिल्लामा गरि ४५ % प्रतिशत पाठ्यपुस्तक सामुदायिक विद्यालयमा पुगिसकेको जनक शिक्षा समग्री केन्द्र लिमिटेड कर्णाली प्रदेश प्रमुख भैरव पंन्थ ले जानकारी दिए ।
राष्ट्रिय सडक सञ्जाल संग नजाेडिएकाे हुम्ला जिल्ला का सर्केगाड गाउँपालिका र सिमकोट गाउँपलिका का सामुदायिक विद्यालयमा समेत किताब पुगेको छ । कुनै समय सामुदायिक विद्यालयकाे पाठ्यपुस्तक नपाए रित्तो हात फर्किएका हुम्लाका व्यावसायिकाे लागि यो सकारात्मक काम नै हाे विद्यार्थीकाे लागि खुसीकाे समय शिक्षकले कालाेपाटीमा लेखेर विद्यार्थीले सारेर पढ्ने समयको अन्त्य ।
कक्षा १ देखि १० सम्मका विद्यार्थीले सबै विषयका र कक्षा ११ र १२ का विद्यार्थीले अनिवार्य विषयका पुस्तक निःशुल्क पाउनेछन् । समयमा नै पाठ्यपुस्तक विद्यालयमा पुगेपछि सबै विद्यार्थीकाे हातमा किताब पुग्ने नै छ ।














प्रतिक्रिया दिनुहोस्