२०८३ भाद्र २९ गते सोमवार

युवा संगठन नेपाल सुर्खेत जिल्लाकाे अध्यक्षमा उपेन्द्र सी चयन



युवा संगठन नेपाल सुर्खेत जिल्लाकाे अध्यक्षमा उपेन्द्र सी चयन
चैत २० सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट युवा संगठन नेपाल सुर्खेत जिल्लाकाे अध्यक्षमा उपेन्द्र सी चयन भएको छन ।सुर्खेत जिल्ला पार्टी कार्यलय मा भएको जिल्ला भेलाले उपेन्द्र सीलाई अध्यक्ष चयन गरेको हाे । भेलाले १९ सदस्यीय जिल्ला समिति समेत निर्माण गरेको छ ।

संगठनले आगामी दिनमा सुर्खेतमा व्यापकरुपमा संगठन बिस्तार गरी जनताको जनतन्त्र ,जनजिवीका तथा जनसवालका मुद्दाको उठाउन गर्ने जनाएको छ ।स्थानीय तहमा भएको आर्थिक अनियमितता भष्टचार बेथिति काे भन्डाफोर सार्वजनिक गर्ने भएको छ ।

भेला मा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज धुब्र सीले युवाले आफ्नो देशको बिकास काे आफ्नो भबिष्यकाे बारेमा सपना आप्नै देश भित्र देख्नु पर्ने सुझाव राख्नु भयो । उहाँले पार्टीले उत्पादनकाे निति अगाडि सारेको छ यसमा सम्पूर्ण युवा जाेडिएर देशालाई आत्मनिर्भर बनाई देशलाई समृद्धि दिलाउने जिमा युवाको काधमा आएको यो हाम्रो संगठनले पूरा गर्ने विश्वास समेत गर्नुभयो ।

भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज धुब्र सी ,पार्टी केन्द्रीय सदस्य टेक्निकल सी सुर्खेत जिल्ला सेक्रेटरी जित सी , कालिकोट पश्चिम जिल्ला सदस्य धरातल सी युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा मध्य कर्णाली ब्यूरो इन्चार्ज मिनेस सी , अखिल समाजवादी विद्यार्थी संगठनका केन्द्रीय सदस्य कमल सी राेशन सी चिन सी लगायत काे उपस्थिति रहेको थियोे ।
भेलाको अध्यक्षता उपेन्द्र सीले गरेका थिए संचालन कृत्रि सी ले गरेको थिइन ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार