
आर्जु देवा राणाको नाममा कैलालीको टिकापुर मा ३ कट्टा १० धुर जमिन अदालत मा मुद्दा
पृथ्वी
फागुन ३
कैलाली जिल्ला टिकापुर नगरपालिकाको नगर विकास समितिको जग्गा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवापत्नीको नाममा रहेको तीन कट्टा १० दुर जमिन अख्तियारमा उजुरी परेको थियो।उक्त उजुरीमा अख्तियाले कमसेकम २५० जना जतिलाई उच्च अदालतले दोषी ठहरे पनि आर्जु राणालाई भने समावेश गरेको छैन। टीकापुर जग्गा प्रकरण : २४९ जनाबाट २० करोड ५१ लाख बढी माग दाबी कैलालीको टीकापुरस्थित सरकारी जग्गा हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास समितिका २७ पदाधिकारीसहित २४९ जनाविरुद्ध २० करोड ५१ लाख ८९ हजार ३३ रपैयाँ बिगो माग दाबिसहित मुद्दा दायर गरेको थियो । टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायत पदाधिकारीहरूको मिलेमतोमा नक्कली समितिकै नक्कली कागजपत्र खडागरि समितिका अध्यक्ष, सदस्य एवम् कर्मचारीका आफन्तका नाममा हक हस्तान्तरण गरेको अख्तियारको दाबी छ ।
अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललिता ताम्राकार, धिजराज रेग्मी लगायत २७ जनाको संलग्नतामा सरकारी जग्गा हडपिएको आरोप लगाएको छ । टीकापुर नगर विकास समितिका तत्कालिन अध्यक्ष नेत्र प्रसाद जोशीसँग २ करोड १२ लाख ४४ हजार ९ सय रुपैयाँ बिगो दाबी गरिएको छ भने अर्का तत्कालीन नगर विकास समितिका अध्यक्ष ललित ताम्राकारसँग ५९ लाख ३० रुपैयाँ बिगो माग दाबी गरिएको छ । यस्तै तत्कालिन नगर विकास समिति अध्यक्ष धिजराज रेग्मीसँग पनि ६६ लाख ९ हजार ८९२ रुपैयाँ माग दाबी गरिएको छ ।
यस्तै तत्कालिन अध्यक्ष नेत्र प्रसाद जोशीको बोर्ड बैठकको निर्णयबाट गठित उपसमिति सदस्य गणेशसिंह रावल, खड्क बहादुर शाह, बमबहादुर बम, श्याम खत्री, देवेन्द्र बहादुर कुँवर र पदमराज न्यौपानेसँग १ करोड ६५ लाख ६८ हजार १ सय ४९ रुपैयाँ बिगो माग दाबी गरिएको छ । यस्तै नगर विकास समितिका तत्कालिन अध्यक्ष ललित ताम्राकारको बोर्ड बैठकबाट गठित उपसमितिका संयोजक प्रेम सिंह विक, सदस्यहरु श्याम खत्री, भरत स्वाँर, बेदराज ढुंगाना, दयाराम सञ्जाल, पुर्णबहादुर बोगटी, अमर बहादुर कडायत, मदन कुँवर र तारा सञ्ज्यालका हकमा ५९ लाख ३ सय ८० रुपैयाँ बिगो माग दाबी गरेको छ ।
यस्तै टीकापुर विकास समितिका तत्कालीन योजना प्रमुख बल बहादुर कडायत विरुद्द २ करोड ११ लाख ५७ हजार १ सय ७८ रुपैयाँ बिगो माग दाबी गरिएको छ । अर्का तत्कालिन योजना प्रुमख क्षप्परसिंह विश्वकर्माविरुद्ध १४ लाख १९ हजार ६ सय २७ रुपैयाँ माग दाबी गरिएको छ । यस्तै नगर विकास समितिका तत्कालिन सदस्य सचिव अम्वाद जोशीसँग पनि अख्तियारले २ करोड ३० लाख ६१ हजार ८ सय १६ रुपैयाँ बिगो दाबी गरेको छ ।साथै नापी कार्यालय टीकापुरका तत्कालीन नापी अधिकृत मानबहादुर चन्दसँग १ करोड ९० लाख ३२ हजार १ सय ३६ रुपैयाँ माग दाबी गरेको छ । अर्का नापी अधिकृत गणेशबहादुर वाग्लेका विरुद्ध ४२ लाख ३४ हजार ९ सय ५ रुपैयाँ माग दाबी गरेको छ ।साथै तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्टका विरुद्ध १ करोड ६८ लाख ४५ हजार ५ सय ८८ रुपैयाँ बिगो मागिएको छ । नगर विकासका तत्कालीन खरिदार धनीराम भण्डारीविरुद्ध १ करोड ८६ लाख ५४ हजार ४ सय ५३ रुपैयाँ बिगो माग गरिएको छ ।
साथै टिकापुर नगर विकास समितिका सव ओभरसियर नेत्रबहादुर रावलविरुद्ध १ करोड ७९ लाख १२ हजार ४ सय ८१ रुपैयाँ बिगो मागिएको छ । यस्तै समितिका तत्कालीन फिल्ड सुपरभाईजर देवीलाल घिमिरेसँग पनि २१ लाख ११ हजार १ सय ५९ रुपैयाँ बिगो माग गरिएको छ । यस्तै अख्तियारले पहिलो चरणमा व्यक्तिको नामबाट आफ्नो नाममा दाखा गराउने पहिलो चरणका ११० जना जग्गाधनी जग्गाधनीहरूका हकमा मतियारको रुपमा सजाय र बिगोसमेत भराउन अख्तियारले माग गरेको छ । भने उक्त काण्डमा मुचिएकी ३ कट्ठा १० धुर जमिन नाममा भएको आर्जु राणा देवाको भने अहिलेसम्म कुनै पनि सजाय तोकेको पनि छैन। र अख्तियारले पनि वास्ता नगरेपछि नेपाल कम्युनिस्ट पार्टीले कालोब्यानर टाँसेको छ उक्त जग्गामा समयमै अख्तियार र उच्च अदालतले छानबिन गरेर दोषी आर्जु देउवालाई कारबाही नगरेमा नेकपाले कडाभन्दा कडा संघर्ष गर्न उत्रिने राजनीतिक आँटमा कसैलाई पनि अपराध गर्न छुट नभएको जेलभित्र हाल्नुपर्ने दलाल प्रविधिका मानिसहरु अहिले संसदमा हिँडिरहेको राजनीतिकको आँटमा ।
यसरी नै अपराधीहरू मौलाएर छुट दिँदै जाने हो भने नेपाल कम्युनिष्ट पार्टीले कडाभन्दा कडा संघर्ष गर्ने संसदभित्रैबाट कालोमुसो र जुत्ताको माल लगाएर जनताको सामु पिटीपिटी नाङ्गो बनाउने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश सीले जानकारी दिए । उक्त नेकपाको कार्यबाट कुनै पनि घटना घट्यो त्यसको जिम्मेवारी राज्य हुनुपर्ने नेपाल कम्युनिस्ट पार्टीको दाबी छ टीकापुर नगर विकास समितिको जग्गा व्यक्ति विशेषबाट खरिद गरी भोग गरिरहेका हालका जग्गाधनीहरूको हकमा जग्गा जफत गर्ने माग दाबी लिइएको छ । उक्त कालो ब्यानर तथा झण्डा टाँस्ने नेपाल कम्युनिष्ट पार्टी पुर्बी कैलाली जिल्ला ले आयोजना गरेको कार्यक्रममा प्रत्यक्ष नेतृत्वदायी भूमिका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश जी सी ले गरेका थिए।














प्रतिक्रिया दिनुहोस्