२०८३ भाद्र ३० गते मङ्गलवार

अखिल क्रान्तिकारी पश्चिम सुर्खेत जिल्लाकाे २४ अौ सम्मेलन सम्पन्न , अध्यक्षमा राेशन सी चयन ।



अखिल क्रान्तिकारी पश्चिम सुर्खेत जिल्लाकाे २४ अौ सम्मेलन सम्पन्न , अध्यक्षमा राेशन सी चयन ।

कमल शाही
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) पश्चिम सुर्खेत जिल्लाकाे २४ सम्मेलन सम्पन्न भएको छ ।

यबुधबार सुर्खेत काे पंञ्चपुरी नगरपालिका काे बाबियाचौर बजारमा भएको सम्मेलनले राेशन सी अध्यक्ष रहने गरि ३१ सदस्यीय जिल्ला समिति गठन गरेको हाे । जसको उपाध्यक्षमा उपेन्द्र सी , सचिवमा सेवक सी ,सहसचिव मा लाेकेश सी , काेषाअध्यक्षमा बिपना सी लगायतका पधाधिकारी चयन भएका छन ।
जिल्ला सम्मेलनकाे प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुर्खेत जिल्ला इन्चार्ज धुव्र सी रहनु भएको थियोे । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथिले फाल्गुन १ गते जनयुद्ध दिवसकाे अवसरमा सम्पूर्णलाई शुभकामना दिनुभयो । जनयुद्ध जनताकाे अधिकार काे लागि लडेको युद्ध भएको युद्धमा क्षेति उपलब्धि दुईवटै हुनु स्वभाविक युद्धको नियम हुने बताउनुभयो । जनयुद्धको उपलब्धि उपयाेग गर्ने तर जनयुद्ध लाई नस्वयिकार्ने परिवर्तनकाे बिराेधी भएको आराप लगाउनुभयाे । यदि जनयुद्ध नभएको भए नेपालमा गणतन्त्र नआउने निरंकुश राजतन्त्रको पनि अन्य नहुने बताए । जनयुद्ध काे उदेश्य नेपालमा गणतन्त्र ल्याउने समाजवाद काे स्थापना गर्ने हाे गणतन्त्र आयो तर समाजवाद स्थापना हुन सकेन अब नेपाली बिशेषता सहितकाे समाजवाद स्थापना गर्न लाग्नुपर्ने जिकिर गरेका हुन । शैक्षिक रुपान्तरण तथा परिवर्तनको पक्षमा अखिल क्रान्तिकारी निरन्तर संघर्ष गर्दै आएको नेपालकाे राजनीतिक ठुलो याेगदान रहेको बताउनुभयो । अब समाजवादी शिक्षा नेपाली बिशेषताकाे समाजवाद स्थापना गर्ने ठुलो जिम्मेवारी हाम्रो संगठनकाे भएको त्यो यो संगठनले पूरा गर्ने विश्वास ब्यक्त गरेका छन ।

नेपालकाे हामीले पढेको शिक्षा हाम्रो जीवन व्यावाहार मा कतै पनि काम नलाग्ने शिक्षा नेपाल काे शिक्षा रहेको बिशेश अतिथि बबरजंग सीले बताउनुभयो । नेपालकाे शैक्षिक समस्याको हल गर्ने समाजवादी शिक्षा आवश्यक रहेको स्पष्ट पारेका छन ।उहाले समाजवादी शिक्षाको लागि जाेड दिनुभयो ।
कार्यक्रममा जिल्ला सेक्रेटरी जित सीले सुर्खेत जिल्ला काे शैक्षिक संघर्ष गर्ने जुझारु संगठन सम्मेलनले निर्माण गर्ने विश्वास सहित आफ्नो भनाइ राखेका हुन ।
कार्यक्रममा कलाकारले संस्कृतिक प्रस्तुति सहित नित्य पनि प्रदर्शन गरेका थिए । कमल सीकाे स्वागत मन्नतव्यबाट सुरुवात भएको कार्यक्रमकाे संचालन चिन सीले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार