२०८३ भाद्र ३१ गते बुधवार

अखिल ( क्रान्तिकारी)ले  संगठन बिस्तार गर्यो ।



 

अखिल ( क्रान्तिकारी)ले  संगठन बिस्तार

०५ पौष ,सुर्खेत

 

बिप्लप नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) बिधार्थी संगठन  सुर्खेतले बहुमुखी क्याम्पसमा संगठन बिस्तार गरेको छ।उक्त संगठन बिस्तार कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेता तथा पश्चिम कमान्ड इन्चार्ज बबरजङ्ग सिंहले देशकाे शिक्षा प्रणालीमा आमूल परिवर्तनका लागि विद्यार्थीको महत्त्वपूर्ण भुमिका जरुरी रहेको बताएका छन् । यसको नेतृत्व अखिल क्रान्तिकारीले गर्ने कुरा जिकिर गरे। त्यसका लागि विद्यार्थी ले आफ्नो संगठनलाई बिश्वास गर्न पनि अनुरोध गरेका हुन ।साे कार्यक्रममा संगठनका मध्य कर्णाली ब्युरो इन्चार्ज तुलराज सी,जिल्ला इन्चार्ज कमल सी,संयोजक रोसन सी लगायत कार्यक्रममा विद्यार्थीकाे उल्लेख्य सहभागिता रहेको थियो। संगठनले दिनेश सी काे नेतृत्वमा १७ सदस्यीय संगठन बिस्तार गरेको छ ।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार