नेकपा नुवाकोट र रसुवाद्वारा चार लाख बराबरको राहत सामाग्री हस्तान्तरण
२५, कार्तिक रसुवा
नेपाल कम्युनिस्ट पार्टी नुवाकोट र रसुवाले भूकम्प पीडितका लागि चार लाख बराबरको राहत सामाग्री हस्तान्तरण गरेको छ ।
नेकपा पश्चिम् ताम्सालिङ्ग व्युरो अन्तर्गतका जिल्ला नुवाकोट र रसुवाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि संकलन गरेकाे राहत सामाग्री शुक्रबार व्युरो इन्चार्ज आजाद सी मार्फत केन्द्रिय कार्यलयलाई हस्तान्तरण गरेको हाे ।

त्रिहत्तर हजार पाँच सय बार नगत सहित जिन्सी लगायत कपडा, खाद्यान्न गरि चार लाख बाराबरकाे राहत सामाग्री हस्तान्तरण गरेको रसुवा जिल्ला इन्चार्ज सागर सीले जानकारी दिनुभयो । नुवाकोट इञ्चार्ज निर्देस सी, रसुवा जिल्ला इन्चार्ज जनक सी, रसुवा जिल्ला सेक्रेटरी संकर सी अखिल क्रान्तिकारी केन्द्रीय सदस्य रोजी सी, नुवाकोट जिल्ला सदस्य बादल सी, सुवा जिल्ला सदस्य सन्तोश बोगटि बामपंथी बुद्धिजीवी शुभलाल सीको उपस्थितिमा राहत सामाग्री हस्तान्तरण गरिएको थियाे ।
हस्तान्तरण कार्यक्रममा ब्युरो इन्चार्ज आजादले विपत्तकाे समयमा सहयोगी भाव देखाउदै भुकम्प पिडितहरुलाई खुलेरै सहयोग गर्ने रसुवा र नुवाकोट व्यापारी लगायत सम्पूर्ण सहयाेगीहरुलाई धन्यवाद दिनुभएको गर्नुभएको थियो















प्रतिक्रिया दिनुहोस्