अछामको दिपेन्द्र शाही हत्या आराेपित्त महिला काठमाडौ बाट पक्राउ ।′
कमल शाही
२३ असोज ,सुर्खेत
अछाम पंञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ८ का दिपेन्द्र शाहीको हत्या आराेपमा काठमाडौंबाट लक्ष्मी सुनार पक्राउ परेकी छन।
लक्ष्मी सुनारलाई काठमाडौंमा केन्द्रीय अपराध अनुसन्धान ब्यूरो कार्यलयकाे टाेलिले काठमाडौं माछापोखरीबाट पक्राउ गरेको एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।पंञ्चदेवल बिनायक नगरपालिका ८ बारलाका दिपेन्द्र शाहीको हत्या आराेपमा लक्ष्मी सुनार घटना घटेको भाेलि देखि फरार थिइन।
घटना लक्ष्मी सुनार लगायत ७ जनाको संलग्नता सहित ढुङ्गेबजारमा सामुहिक हमला भएको शाहीका आफन्तकाे आरोप छ । शाहीको टाउकामा ढुंगाले हानि गम्भीर चोट लागेको शाहीलाई असाेज ११गते नै उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो ।१२ गते टाउकाको अपरेसन भई आईसीयूमा भर्ना भएका थिए।
आईसियूमा हाेस नआएर नै १७ गते बिहान ६ :४५ मा शाहीको मृत्यु भएको हाे ।घटना सामाजिक संजालकाे गलत दुरुपयोग काे कारणले घटेको भनाइ स्थानीय काे रहेको छ ।
घटनामा प्रतक्षय संलग्न भएका साेहि गाउँमा बस्ने बर्ष २१ काे जनक सुनार, बर्ष १९ काे अजित सुनार ,र बर्ष १९ कै अक्कल बि क लाई घटना घटेको दिन नै प्रहरीले नियन्त्रणमा लिईसकेकाे छ । शाहीको मृत्यु भइसकेपछि १८ गते बर्ष ४८ काे कर्ण सुनार , बर्ष ५१ काे धन सुनार भाग्ने क्रममा बिच बाटोमा पक्राउ परेका हुन । बर्ष १९ काे मदन बि क कैलाली लम्कीबाट पक्राउ परेका हुन ।
घटनाका आराेपित सबैलाई कर्तव्य ज्यान कसुर सम्बन्धि मुद्दा दर्ताभएको साेहि अनुसार अनुसन्धान अगाडि बढकाे अछाम प्रहरी कार्यलय मुद्दा शाखाले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्