२०८३ भाद्र २९ गते सोमवार

माैलाउदै गएकाे महंगी नियन्त्रण गर्न युवा संगठन नेपाल सुर्खेतको माग



माैलाउदै गएकाे महंगी नियन्त्रण गर्न युवा संगठन नेपाल सुर्खेतको माग

सुर्खेत १६

माैलाउदै गएकाे महंगी र कालाे बजारि नियन्त्रण गर्न युवा संगठन नेपाल सुर्खेतले जिल्ला प्रशासन कार्यलय प्रमुख लाई ५ बुदे माग राख्दै आज ज्ञापनपत्र बुझाएकाे छ।

दशै तिहारकाे समयमा कृत्रिम अभाव सृजना गर्नेहरुलाई अध्यान, अनुगमन र कार्बाही गरी महंगी नियन्त्रण खाद्यान्न बस्तुहरुमा अखाद्य बस्तुकाे मिसावट (म्याद सकियका गुणस्तरहिन) खाधय वस्तुहरुको बिक्रीवितरण भैरहेको हुँदा यस्ता किर्याकलाप गर्ने व्यावसायिक तथा कलकारखानाहरुलाई नियन्त्रण गर्दै मुल्यको २० प्रतिशत मुनाफा लिन पाउने राज्यको नियम बिपरित काम गर्दै बडि मुनाफा लिने कार्य व्यापक रुपमा बढेकोले उक्त कार्यहरुलाई नियन्त्रण गरि कर्बाही गर्न माग समेत माग युवा संगठन नेपालले राखेकाे छ ।

ज्ञापनपत्र

https://youtu.be/2vQTL00V5nA

यश कार्यालयको अधिकार क्षेत्र भित्र हुने भ्रष्टाचार, कमिसन, सरकारी सम्पतिको दोहन, चोरीपैठारी, लागू औषध कारोबार, तथा सामाजिक अपराधहरुको नियन्त्रण र कार्बाही गर्न माग राख्दै सुर्खेत जिल्ला प्रशासन प्रमुखलाई ५बुदे माग सहित ज्ञापन पत्र बुझाएकाे संगठनका संयाेजक एलान सिले बताएका छन ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार