२०८३ भाद्र ३० गते मङ्गलवार

देश र जनतालाई नेतृत्व गर्ने हैसियत हाम्रो पार्टीसँग छ – विप्लव



देश र जनतालाई नेतृत्व गर्ने हैसियत हाम्रो पार्टीसँग छ – विप्लव

  1. झापा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले देश र जनताको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको बताएका छन्,। आज झापाको दमकमा प्रदेश १ अन्तर्गतका ब्युरोहरुको प्रशिक्षण कार्यक्रममा उपस्थित नेताकार्यकर्तालाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन्,।

पार्टी नेतृत्वको ९ वर्ष सम्मको बलिदानपुर्ण संघर्ष र नेताकार्यकर्ताको अथक प्रयासका बाबजुद पार्टी नयाँ उचाइमा आइपुगेको विप्लवले बताए । देशको सबैभन्दा ठुलो समस्या दलाल पुजीवाद रहेको बताउँदै थवाङ बैठकमा भएको विश्लेषण अहिले आएर सत्य सावित भएको महासचिव विप्लवले बताए ।

एकीकृत जनक्रान्ती यो शताब्दी कै नयाँ शुरुवात भएको बताउँदै विप्लवले अमेरिकी साम्राज्यवादका विरुद्ध निर्मम संघर्ष गर्न तयार रहेको बताए । संसोधनवादिहरुलाई नेपाल कम्युनिस्ट पार्टीले परास्त गर्ने बताउँदै पार्टीको रणनीति , कार्यदिशा र एजेन्डा सहि सावित भैसकेकाले दृढ भएर पार्टीको निर्देशन अनुरुप काम गर्न उनल नेताकार्यकर्तालाई निर्देशन दिए।

पार्टीले समाजवादी मोर्चा घोषणा गरेपछि दलालहरु अत्तालिएको र कम्युनिस्ट शक्तिलाई विभाजन गर्न देशिविदेशी शक्ति लागि परेकाले सबै सचेत हुनुपर्ने बताए । कसैलाई सरापेर र गाली गरेर क्रान्तिकारी नभइने भन्दै मोर्चा र नेकपाका विरुद्ध भ्रम छर्नेहरुलाई वर्ग संघर्ष र जनताको मुद्दा एजेन्डामा लाग्न विप्लवले आग्रह गरे।

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार