बान्नीगढीलाई हराउँदै आठबीस बन्यो प्रथम विनोद स्मृति कपको च्याम्पियन
कमल कुमार शाही
स्वाभिमान खबर, कार्तिक २१ विनायक
अछाम — अछामको पञ्चदेवल विनायक नगरपालिकामा सञ्चालित प्रथम विनोद स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आठबीस नगरपालिका भलिबल टोलीले जितेको छ।
कार्तिक १८ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज कार्तिक २१ गते सम्पन्न भएको हो। शनिबार सम्पन्न फाइनल खेलमा बान्नीगढी टोलीलाई पराजित गर्दै आठबीस नगरपालिका भलिबल टोली प्रथम विनोद स्मृति कपको च्याम्पियन बन्न सफल भएको छ। फाइनलमा पराजित बान्नीगढी टोली उपविजेतामा सीमित भएको छ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्न सफल आठबीस नगरपालिका टोलीका खेलाडीहरूलाई पुरस्कार, मेडल तथा ट्रफीसहित सम्मान गरिएको छ। त्यसैगरी प्रतियोगितामा सहभागी तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।
स्थानीयस्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान तथा भलिबल खेलप्रति आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विभिन्न क्षेत्रका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।
प्रतियोगिताले खेलकुदमार्फत आपसी सद्भाव, भाइचारा र एकताको भावना विकास गर्नुका साथै स्थानीयस्तरमा खेल संस्कृतिको प्रवर्द्धनमा समेत योगदान पुर्याएको छ।













प्रतिक्रिया दिनुहोस्