अछाम–२ मा एमालेका यज्ञबहादुर बोगटी विजयी : कांग्रेसका पुष्प शाह ४७२ मतले पराजित
कमल कुमार शाही
स्वाभिमान खबर, फागुन २५
अछाम — अछाम निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी विजयी भएका छन्। बोगटीले नेपाली कांग्रेसका उम्मेदवार पुष्प बहादुर शाहलाई ४७२ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार एमालेका बोगटीले ९ हजार ५१८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शाहले ९ हजार ४६ मत ल्याएका छन्।
यस्तै, नेकपाका उम्मेदवार बलबहादुर कुँवरले ६ हजार ४९३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाहले ४ हजार ५६२ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारमध्ये नेकपा (माओवादी) का शेर बहादुर बि क गुलाब चिन्हले ५५८, हलोले १६७, मादलले ६०, चिमले ५३ तथा आँखा चिन्हले ११३ मत प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा सुरुदेखि नै कडा प्रतिस्पर्धा देखिएको थियो। अन्तिम मतगणनासम्म एमाले र कांग्रेसका उम्मेदवारबीच मतान्तर झिनो रहँदा चुनाव निकै रोमाञ्चक बनेको थियो। अन्ततः एमालेका बोगटीले ४७२ मतको अग्रता कायम राख्दै विजयी बनेका हुन्।
बोगटीको विजयसँगै अछाम–२ मा नेकपा एमालेले महत्वपूर्ण सफलता हासिल गरेको छ। विजयी भएपछि समर्थक तथा कार्यकर्ताले उनलाई फूलमाला र अविर लगाएर भव्य स्वागत गरेका थिए।
स्थानीय स्तरमा लामो समयदेखि सक्रिय रहँदै आएका बोगटीको जितलाई एमाले कार्यकर्ता संगठनको मेहनत र जनताको विश्वासको परिणामका रूपमा व्याख्या गरेका छन्।













प्रतिक्रिया दिनुहोस्