२०८३ जेष्ठ १४ गते बिहिवार

अछाम–१ मा झिनो मतान्तरमा स्वाँरको सफलता : रावल ५२६ मतले पराजित



अछाम–१ मा झिनो मतान्तरमा स्वाँरको सफलता : रावल ५२६ मतले पराजित
कमल कुमार शाही
स्वाभिमान खबर, फागुन २३

अछाम — अछाम निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर झिनो मतान्तरमा विजयी भएका छन्। उनले नेकपाका उम्मेदवार भीम रावल लाई ५२६ मतले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्।

अन्तिम मतपरिणाम अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी रावलले १० हजार २३३ मत प्राप्त गरेका छन्। दुवैबीचको मतान्तर ५२६ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैगरी, तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउद रहेका छन्। उनले ७ हजार ३८९ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावल १ हजार ७३९ मतसहित चौथो स्थान मा सीमित भएका छन्।

अछाम–१ मा सुरुदेखि नै स्वाँर र रावलबीच कडा प्रतिस्पर्धा देखिएको थियो। मतगणनाको अन्तिम चरणसम्म परिणाम रोमाञ्चक बनेको भए पनि अन्ततः स्वाँरले झिनो मतान्तरमा जित निकाल्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

यस नतिजासँगै अछाम–१ मा नेपाली कांग्रेसले महत्वपूर्ण सफलता हात पारेको छ भने जिल्लाको राजनीतिक वृत्तमा समेत यस परिणामले व्यापक चर्चा पाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार