२०८३ साउन १२ गते मङ्गलवार

बाजुरामा अखिल (समाजवादी) को ८औं जिल्ला सम्मेलन सम्पन्न



बाजुरामा अखिल (समाजवादी) को ८औं जिल्ला सम्मेलन सम्पन्न

कमल कुमार शाही
स्वाभिमान खबर, मंसिर २६
सुदूरपश्चिमको बाजुरा जिल्लामा अखिल (समाजवादी)को ८औं जिल्ला सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। फालासैनमा विद्यार्थीको उल्लेख्य भीडसहित सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सबल बनाउने संकल्प व्यक्त गरेको छ।

सम्मेलनमार्फत रोशन सी अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा हिमाल सी, छत्र सी, तपेस सी, सुसान्त सी, डम्मरा सी तथा महेश सी चयन भएका छन्। त्यस्तै, समिक्षा सी सहसचिव र चन्द्रा सी कोषाध्यक्ष बनेका छन्। सम्मेलनले ३१ सदस्यीय पूर्ण जिल्ला समिति गठन गरेको छ।

कार्यक्रममा नेकपा (माओवादी)का बाजुरा जिल्ला इन्चार्ज यन्डिज सी, केन्द्रिय विद्यार्थी नेता कमल सी, बाजुरा जिल्ला सचिव अभय सी तथा सामनाका कलाकार मनिषा सीको विशेष उपस्थिती रहेको थियो।

सम्मेलनलाई सम्बोधन गर्दै विद्यार्थी नेता कमल सीले दलाल पुँजीवादविरुद्ध समाजवादका पक्षमा दृढ संघर्ष गर्नुपर्नेमा जोड दिए। उनले नेपालमा शिक्षा प्रणाली सिद्धान्तमै सीमित रहेको तथा व्यवहारिक र वैज्ञानिक शिक्षा नहुँदा देश विकासमा अवरोध सिर्जना भएको बताए। निजीकरण र व्यापारीकरणले शिक्षा क्षेत्र कमजोर बनाएको भन्दै उनले उत्पीडनरहित, सर्वसुलभ र समान शिक्षा व्यवस्था कायम गर्न आवश्यक रहेको उल्लेख गरे। सीले नेपाल को अहिलेको शिक्षा प्राणालिले नेपालका क्याम्पस लाई बिदेशी मुलुकका लागि जनशक्ति उत्पादन गर्ने कारखाना बनाएको बताए।

नयाँ नेतृत्व चयनसँगै अखिल (समाजवादी) बाजुराले विद्यार्थी अधिकार, शिक्षा सुधार र सामाजिक न्यायका मुद्दामा अझ सक्रिय रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २७ गते शुक्रवार