बाजुरामा कमल सी द्वारा ३५ टुहुरा तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कमल कुमार शाही
स्वाभिमान खबर, मंसिर १९
बाजुरा — बाजुराको मार्तडीस्थित श्री मालिका माध्यमिक विद्यालयमा नेपाल कम्यूनिष्ट पार्टी माओवादी निकट विद्यार्थी संगठन अखिल (समाजवादी)का कमल सी द्वारा ३५ जना टुहुरा तथा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। शुक्रबार सम्पन्न कार्यक्रममा विद्यालय प्रशासनको समन्वयमा कपी, कलम, पुस्तकलगायत शैक्षिक सामग्री छात्र–छात्रालाई प्रदान गरिएको थियो।
सहयोग प्राप्त विद्यार्थीहरू उत्साहित देखिन्थे। उनीहरूले सामग्रीले पठन–पाठनमा सहजता ल्याउने बताउँदै सहयोगी कमल सीप्रति आभार व्यक्त गरे। विद्यालयका शिक्षकहरूले यस्ता योगदानहरूले आर्थिक रूपमा कमजोर तथा जोखिममा रहेका विद्यार्थीहरूलाई अध्ययनमा निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
श्री मालिका माध्यमिक विद्यालयमा हाल करिब २,००० विद्यार्थी अध्ययनरत छन्। विद्यालयका प्रतिनिधिले भने, “समाजका विपन्न बालबालिकालाई सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ। यस्ता सहयोगले विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन प्रेरणा दिन्छ।” उनले भने
सामग्री वितरण कार्यक्रममा कमल सीले पनि आफूले सक्ने सहयोग आगामी दिनमा निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “सके साथ दिनुस्, नभए आवाज उठाइदिनुस्। हामी सबै मिलेर नयाँ पुस्ताको भविष्य कोरिरहेका छौँ।”
स्थानीय समुदाय र विद्यालयले यस्ता सामाजिक योगदानलाई सकारात्मक रूपमा लिई प्रशंसा व्यक्त गरेका














प्रतिक्रिया दिनुहोस्