बर्दियाका आठ स्थानीय तहको कूल बजेट ७ अर्ब नाघ्यो, राजापुर शीर्ष स्थानमा
कमल कुमार शाही
स्वाभिमान खबर ११ असार, बर्दिया
बर्दिया जिल्लाका आठवटै स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको बजेटको कूल रकम ७ अर्ब नाघेको छ। विभिन्न योजना, पूर्वाधार विकास, सेवा प्रवाह र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै नगर तथा गाउँपालिकाहरूले आ-आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन्।
सबैभन्दा धेरै बजेट ल्याउने स्थानीय तहमा राजापुर नगरपालिकाले अग्रता लिएको छ। नगरपालिकाले रु २ अर्ब १२ करोड ७ लाख ४ हजार को बजेट ल्याउँदै शहरी पूर्वाधार विस्तार, कृषि प्रवर्द्धन र शिक्षा क्षेत्रमा लगानी बढाउने जनाएको छ।
त्यस्तै गुलरिया नगरपालिकाले १ अर्ब ५ करोड ३५ लाख १४ हजार को बजेट ल्याएको छ। नगरपालिकाले स्वास्थ्य, खानेपानी र आवासका कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ।
मधुवन नगरपालिकाले पनि १ अर्ब बराबरको बजेट सार्वजनिक गर्दै शहरी सेवा विस्तार र कृषिलाई प्राथमिकतामा राख्ने बताएको छ।
अन्य पालिकाहरूको बजेट विवरण यस्तो छ:
गेरुवा गाउँपालिका – ५९ करोड ९९ लाख ६६ हजार ८००
बढैयाताल गाउँपालिका – १९ करोड ४३ लाख
ठाकुरबाबा नगरपालिका – १६ करोड १९ लाख ६२ हजार ६३४
बाँसगढी नगरपालिका – १४ करोड २५ लाख
बार बर्दिया – १९ करोड
प्राथमिकता क्षेत्रहरू
जिल्लाका अधिकांश पालिकाहरूले स्वास्थ्य, शिक्षा, कृषि र सडक पूर्वाधारलाई प्राथमिकतामा राखेका छन्। गेरुवा र बढैयाताल जस्ता ग्रामीण पालिकाहरूले विपन्न तथा सिमान्तकृत समुदायलाई लक्षित कार्यक्रम ल्याएका छन्।
ठाकुरबाबा र बाँसगढी नगरपालिकाले आफ्नो बजेटको ठूलो हिस्सा ग्रामीण सडक सञ्जाल, सिचाइँ योजना र साना उद्योग प्रवर्द्धनमा खर्च गर्ने योजना सार्वजनिक गरेका छन्।
बजेट कार्यान्वयनमा निगरानी आवश्यक
योजनाको घोषणासँगै अब वास्तविक कार्यान्वयनमा सबैको ध्यान जानु आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। अघिल्ला वर्षहरूमा घोषित कार्यक्रमहरूको पूर्ण कार्यान्वयन नहुनु तथा खर्चको पारदर्शिता नदेखिनुजस्ता चुनौती यस वर्ष हटाउने पालिकाहरूको प्रतिबद्धता छ।













प्रतिक्रिया दिनुहोस्