२०८३ साउन १६ गते शनिवार

दैलेखमा वेपत्ता भएको तीन महिनाकाे शिशु भेटीयाे



­दैलेखमा  वेपत्ता भएको तीन महिनाकाे शिशु भेटीयाे
स्वाभिमान खबर , चैत २९
कमल कुमार शाही

पश्चिम दैलेखकाे ठाटीकाँध गाउँपालिका-१, सिराडी ग्वालिपिन्नमा गएराति ९ बजेतिर हराएकी स्थानीय बमबहादुर बुढाकी तीन महिनाकी छाेरी श्रीया बुढा भेटिएकी छिन्।

‎चामुण्डाविन्द्रासैनी नगरपालिकाकाे देउराली भन्ने ठाउँमा एक महिलाले शिशु लगेर भाग्दै गरेकाे अवस्थामा स्थानीयले शुक्रबार बिहान ९ बजेतिर छाेपेकाे बमबहादुरका दाजु दिपकले जानकारी दिए ।

‎उक्त शिशु तीन महिना अगाडि जन्मिएकाे हाे । शिशु लिने साेही नगरपालिकाको सिरवल भन्ने ठाउँकाे विष्ट थरकी हुन। यद्यपि घटनाबारे थप अनुसन्धान हुन बाँकी छ।

घटना यसरी भएको थियो
राति ९ बजे घरमै सुतिरहेको अवस्थामाअपहरण शैलीमा वेपत्ता पारिएको उनका बुवाले बताएका छन । घटना राति घरमा सबै सुतेको समयमा एकाएक घर पछाडिको रुखमा राखेको खरमा आगाे लाग्यो सुरुमा कसैलाई थाहा भएन आगाेले ठुलो रुप लिए पछि ,माथिल्लो घरकाले देखे पछि खबर गरे , त्यस पछि सबैजना घरको आगाे निभाउन गए , लगत्तै आगाे निभाएर घरमा आउदा घर बच्चा थिएन । घरपरिवारका अनुसार योजनावद्द रुपमा खरमा आगाे लगाएर आगाे निभाउन गएको मौका छाेपि बच्चालाई लिएर भागेको शंका गरेका छन् ।
वेपत्ता पारिएको बच्चा संग अर्को छाेरा पनि साथमा सुतेको थियो आँउदा ठूलो बच्चा सुतिरहेको भए पनि सानो छाेरी नभएको उनलेे बताए ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार