२०८३ साउन १४ गते बिहिवार

मध्यपश्चिम विश्वविद्यालय स्ववियु सभापतिले गरे पदभार ग्रहण, पहिलो बैठकले गर्‍यो महत्वपूर्ण निर्णयहरू



मध्यपश्चिम विश्वविद्यालय स्ववियु सभापतिले गरे पदभार ग्रहण, पहिलो बैठकले गर्‍यो महत्वपूर्ण निर्णयहरू

स्वाभिमान खबर ,चैत  २७
कमल कुमार शाही

सुर्खेत । मध्यपश्चिम  विश्वविद्यालयमा नव निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिले सोमबार एक विशेष समारोहका बीच औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणलगत्तै नव निर्वाचित पदाधिकारीहरूको पहिलो बैठकसमेत सम्पन्न भएको छ, जसले आगामी कार्यकालका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

कार्यक्रम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा सम्पन्न भएको थियो। विश्वविद्यालयका उपकुलपति, डिन, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रममा सभापतिलाई प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो।

पहिलो बैठकका प्रमुख निर्णयहरू:
१- स्ववियु निर्वाचनमा मतदान गरि विजय गराउने विद्यार्थीहरु , विश्वविद्यालय काे स्ववियु निर्वाचनलाई प्रभावकारी ढङ्गबाट निर्वाचन सम्पन्न गर्नका लागि उल्लेख भुमिका निर्वाह गर्ने विश्वविद्यालय प्रशासन , एवम् स्ववियु निर्वाचन समितिलाई धन्यवाद दिने निर्णय ।

 

२- भाषाका कारण विद्यार्थीहरुकाे ज्ञान मर्नु हुदैन भने मुल मर्मलाई आत्मसात गर्दै नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र प्रकाशन गर्ने , सत्रान्त परिक्षा सम्पन्न भएको ६० दिन भित्रमा परीक्षा फल प्रकाशन गर्ने , ६ महिनामा सेमेस्टर सम्पन्न गर्न विश्वविद्यालय परीक्षा समितिलाई आग्रह गर्ने निर्णय ।

३- प्रत्येक संकायमा Senatary napkin vending machine ( Automatic) स्थापना गर्नकाे लागि पहल गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ ।
स्ववियु निर्वाचन मतदान चैत १८ गते भएको हाे भने निर्वाचन मतपरिणम १९ गते राति १०: १५ मा घाेषणा भएको हाे ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार