शिक्षक आन्दोलनप्रति अखिल (समाजवादी) विद्यार्थी संगठनका महासचिव प्रकाश सीको ऐक्यबद्धता
स्वाभिमान खबर , चैत २५
कमल कुमार शाही
काठमाडौं। विद्यालय शिक्षामा देखिएको अन्याय र बेवास्ताविरुद्ध जारी शिक्षक आन्दोलनलाई अखिल (समाजवादी) विद्यार्थी संगठनले पूर्ण समर्थन जनाएको छ। संगठनका महासचिव प्रकाश सीले सोमबार राजधानी काठमाडौंमा आयोजित आन्दोलन कार्यक्रममा सहभागिता जनाउँदै शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्।
महासचिव सीले आन्दोलन स्थलमा सम्बोधन गर्दै विद्यालयमा धेरै व्यस्त रहनुपर्ने बेला सबैभन्दा सम्मानित हुनुपर्ने शिक्षकहरु , राज्यद्वारा नै अन्यायमा परेर सडक संघर्षमा उत्रिनुपर्ने अवस्था साच्चै दुःखद छ । उपयुक्त विद्यालय शिक्षा ऐन तुरुन्तै जारी गरेर शिक्षकहरूका सबै माग सम्बाेधन गरि शिक्षकहरूलाई ससम्मान कार्यस्थलमा फर्किने वातावरण निर्माण गर्न सरकार संग जाेडदार माग गरेका छन् ।
उहाँले सम्पूर्ण सराेकारवाला निकायले शिक्षकहरुको पेशागत सुरक्षा, समान अवसर र सम्मानजनक व्यवहारका लागि लड्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “शिक्षक शिक्षाको मेरुदण्ड हुन्। उनीहरूलाई बेवास्ता गरेर समतामूलक र गुणस्तरीय शिक्षाको परिकल्पना गर्न सकिँदैन।”
उनले सरकारसँग तत्काल शिक्षकका मागहरू सम्बोधन गर्न आग्रह गरे। “शिक्षकहरू विद्यालयमा व्यस्त रहँदा पनि राज्यबाट अपमानजनक व्यवहार भोग्न बाध्य हुनु दु:खद पक्ष हो। विद्यार्थी मात्र हैन, सम्पूर्ण शिक्षा क्षेत्रले यो आवाज उठाउनुपर्नेमा ” महासचिव सीले जोड दिए।
प्रदर्शनमा सहभागि शिक्षकहरूले सरकारविरुद्ध नाराबाजी गर्दै समान सुविधा, स्थायीत्व र सम्मानको माग गरेका थिए। अखिल (समाजवादी) को ऐक्यबद्धताले आन्दोलनलाई थप बल पुग्ने विश्वास गरिएको छ।
शिक्षा क्षेत्रमा बढ्दो असन्तोष समाधान गर्न अब सरकार कति गम्भीर हुन्छ भन्ने सबैको चासोको विषय बनेको छ। अहिलेसम्म लागू भएको शिक्षा ऐन २०२८ काे शिक्षा ऐन हाे ।













प्रतिक्रिया दिनुहोस्