२०८३ भाद्र २९ गते सोमवार

सुर्खेत बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि १० वटा संगठनले भाग लिने



सुर्खेत बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि १० वटा संगठनले भाग लिने
स्वाभिमान खबर ,फागुन १९
कमल कुमार शाही
सुर्खेत । त्रिभुवन विश्वविद्यालय आङ्गिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसमा १० वटा संघ तथा संगठन स्ववियु निर्वाचनमा भाग लिने भएकाल  छन् ।

त्रिभुवन विश्वविद्यालय काे स्ववियु निर्वाचन कार्यलालिका अनुसार चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि आज फागुन १९ गते स्ववियु निर्वाचनमा सहभागी हुनकाे लागि संघ तथा संगठन दर्ता भएको हुन ।

सुर्खेत बहुमुखी क्याम्पस निर्वाचन अधिकृत प्रेम थापाका अनुसार स्ववियु कार्य तालिका अनुसार दिउँसो ३ बजे सम्म १० वट संघ तथा संगठन दर्ता भएको बताएका छन् ।

जस अनुसार यश क्याम्पसमा पहिलो १ नम्बरमा अनेरास्ववियु दर्ता भएको छ भने क्रमश अखिल (क्रान्तिकारी ), नेपाल क्रान्तिकारी विद्यार्थी संघ, नेपाली विद्यार्थी संघ ,स्वतन्त्र विद्यार्थी समूह ( राष्ट्र प्रथम ), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन , अखिल (क्रान्तिकारी ) बहुमत , अखिल नेपाल विद्यार्थी युनियन छैठौं ,अखिल( समाजवादी )तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्रता विद्यार्थी युनियन( क्रान्तिकारी ) दर्ता भएको छन् । स्ववियु निर्वाचन चैत ५ गते हुदै छ ।

  1. ­

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार