२०८३ साउन १३ गते बुधवार

जनताको गणतन्त्र बनाउन संविधान संशोधन गरौं – विप्लव सी



जनताको गणतन्त्र बनाउन संविधान संशोधन गरौं – विप्लव सी
स्वाभिमान खबर , फागुन १
कमल कुमार शाही
सल्यान । विप्लवले सल्यानबाट गर्जिदै जनताको गणतन्त्र बनाउन संविधान संशोधन गरौ , समाजवाद ल्याउन संविधान संशोधन गरौं’भनेका छन ।
१ फागुन, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा जनतालाई अधिकार सम्पन्न गर्न जनताको गणतन्त्र बनाउन संविधान संशोधन आवश्यक भएको बताउनु भएको छ ।

३० औं जनयुद्ध दिवसका अवसरमा विपिन भण्डारी फाउण्डेसनले सल्यानको वागचौरमा आयोजना गरेको जनसभा कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लव सीले नेपाली जनतालाई अधिकार सम्पन्न गर्न संविधान संशोधन आवश्यक भएको बताउनु भएको हो ।

उहाँले कुनै राजनीतिक पार्टी कांग्रेस, एमाले, माओवादीलाई ठुलो भाग दिनको लागि संविधान संशोधन होईन नेपालमा समाजवाद वा जनताको गणतन्त्र बनाउनका लागि संविधान संशोधन जरुरी छ भन्नु भयो ।

‘एमाले, कांग्रेस, माओवादीलाई ठुलो भाग दिन होईन, समाजवादका लागि संविधान संशोधन गरौं’ महासचिव विप्लवले भन्नु भयो, ‘जनताको गणतन्त्र बनाउन संविधान संशोधन गरौं, कसैले संविधान संशोधन गरौं भन्ने कसैले गर्न हुदैन भन्ने वहस गर्नु भन्दा जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन गरौ ।’
महासचिव विप्लवले जनयुद्ध भनेको जनताको न्यायपूर्ण युद्ध भएको टिप्पणी गर्दै इतिहासप्रति इमान्दार नहुनेहरुले जनयुद्धको विरोध गरेको बताउनु भयो ।

उहाँले जनयुद्धलाई हिंसा भन्ने बादलको वोलिप्रति संकेत गर्दै इतिहासप्रति इमान्दार नहुने नेता ठग र बेईमानको बताउनु भयो । महासचिव विप्लवले भन्नु भयो, ‘यो अपराधी कर्म हो । सत्य कुरा जनताको विचमा भन्न नचाहने भनेको अपराध हो ।’

उहाँले जनयुद्धको समयमा आधार क्षेत्र राप्तीमा २३ वटा स्कुल, ५ वटा हस्पिटल,१९ वटा सहकारी, १ वटा बैङक, कम्युनहरु राम्रोसंग चलेको स्मरण गर्दै ती कोही पनि असपफल नभएको दावी गर्नु भयो । उहाँले जनयुद्धको बेला जनसत्ताले रजिष्ट्रेसन पास गरेका घर जग्गाहरु गणतन्त्र नामको व्यवस्थामा उल्ट्याईकोमा विरोध गर्नु भयो ।

उहाँले अहिले कसैले जनयुद्धको वेला चलेका सहकारी स्कुलहरु असफल भएका थिए भनेर भ्रम छरिरहेका भन्दै त्यो कुरा सत्य भएको ठोकुवा गर्नु भयो ।

उहाँले माओवादी भित्रका केही नेताहरु शान्ति प्रक्रियापछि सम्पति थुपार्ने र पैसा लुकाउने ठाउँमा पुगेर विग्रएको आफ्नै आँखाले देखेपछि उनीहरु नसच्दिा आफूहरु नमिलेर अलग भएको बताउनु भयो ।

जनयुद्धको सपना विपरित माओवादी विग्रीनु नेपाली जनताका लागि धोका थियो महासचिव विप्लवले भन्नु भयो ।

‘जनयुद्धको समयमा विदेशीयका युवाहरु समेत नेपाल आउने अवस्था थियो, रोल्पाको सहिद मार्ग बनाउदा विदेशी समेत बाटो खन्न आएका थिए’ महासविच विप्लवले भन्नु भयो, ‘अहिले देशमा उल्टो भयो, सबै युवाहरु विदेशीन थाले, गाउँमा वुढा वुढी मात्र छन, विदेशमा गएर अर्काको छाडु पुछा लगाउन तयार हुने तर नेपालमा श्रम गर्न नचाहने अवस्था भयो । यो बदल्नु पर्छ । यो राष्ट्रिय वहसको विषय बनाउनु पर्छ ।’

उहाँले चुनावमा भोटको व्यापार गर्ने र जनतालाई झुट्टा आश्वासन दिने नेता र पार्टीहरुप्रति जनता विश्वास गर्ने अवस्था नभएको बताउनु भयो ।

उहाँले जनताले नयाँ तरिकाले सोच्ने बेला आएको भन्दै आफू झापा देखि सल्यानसम्म पुग्दा जनतामा एउटै पार्टी समातेर बस्ने अवस्था नभएको बताउनु भयो ।

महासचिव विप्लवले नेपालमा दलाल पुँजीवादको अन्त्य गरी नेपाली विशेषताको समाजवाद विना कुनै पनि समस्या समाधान नहुने जिकिर गर्नु भयो ।

समाजवाद ल्याउने र जनताको व्यवस्था ल्याउने अभियानमा महासचिव विप्लवले एकपटक नेकपालाई विश्वास गरी साथ दिन समेत अपिल गर्नु भयो ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार