२०८३ साउन १३ गते बुधवार

डिएसपी हु भन्दै ठगी गरेको आराेपमा एक युवक पक्राउ



डिएसपी हु भन्दै ठगी गरेको आराेपमा   एक युवक पक्राउ 
स्वाभिमान खबर माघ १९­
देपेन्द्र बहादुर शाही , धनुषा
धनुषामा डिएसपी हु भन्दै ठगी गरेको आराेपमा एक युवक  पक्राउ परेका छन् । डिएसपी हु भन्दै ठगी गरेकाे आराेपमा सिराहाकाे लहान नगरपालिका -२ का २० वर्षीय धनीलाल शाह  पक्राउ  परेका हुन ।उनी विरुद्ध पचास हजार ठगिको  गरेको जाहेरीकाे परे पछि जाहेरिकाे आधारमा उनला पक्राउ गरिएकाे  इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक  जटाशङ्कर यालवले जानकारि दिएका छन ।

उनी विरुद्ध पचास हजार ठगिको जाहेरीकाे परे पछि जाहेरिकाे आधारमा उनला पक्राउ गरिएकाे थियाे  ।

गणेशमान चारनाथ नगरपालिका–४ बस्ने रमेश श्रेष्ठसँग आफू नेपाल प्रहरीको डीएसपी हुँ भन्दै सर्वसाधारण व्याक्तिहरुलाई ठगि गर्नुकाे साथै धम्कि दिदै आएकाे श्रेष्ठ  बताएका छन ।

पक्राउ परेका (नक्कली डिएसपी ) साहलाई जिल्ला अदालतमा ठगी कसुर मुद्दामा म्याद थप गराई थप अनुसन्धान थालिएको प्रहरी निरिक्षक यादवले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार