राजनीतिक क्रान्तिसंगै आर्थिक क्रान्ति जरुरी छ – विप्लव सी
स्वाभिमान खबर माघ ६ , सुर्खेत
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा राजनीतिक क्रान्तिसंगै आर्थिक क्रान्ति जरुरी छ भनेका छन । विप्लव सीले आइतबार सुर्खेत क्याम्पसमा ” बुद्धिजीवी संग विप्लव ” कार्यक्रमकाे नेपालकाे अर्थ राजनीतिक संकट र निकास बिषयक अन्तरक्रिया कार्यक्रममा सम्बाेधन गर्दै यस्तो बताएका हुन ।नेपालका राजनीतिक दलहरुमा सुस्पष्ट आर्थिक दृष्टिकोण नहुँदा नेपालमा दलाली बढेको पनि बताएका छन् ।
उनले भने, ‘उत्पादन विनाको राजनीति गर्ने कुरा दलाली हो, भ्रष्टाचार मौलाउने माध्यम हो, नेपालका पार्टीहरु कसैको पनि आर्थिक दृष्टिकोण भएन, जसले गर्दा नेपालमा समस्या पैदा भयो ।’
महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टीले नेपाली राजनीतिमा देखिएको दलाली भत्काउन नयाँ आर्थिक मार्गको अवधारणा अघि सारेको बताए ।
उनले नेताहरु सुख भोगमा बढी रमाउने तर आफ्नै उत्पादन र श्रमसंग नजोडिने कुराले नेपाल गरिब भएको बताए ।
उनले राजनीतिक क्षेत्रमा केही परिवर्तन भएपनि अर्थको क्षेत्रमा कुनै परिवर्तन नभएको जिकिर गरे ।
महासचिव विप्लवले भने,‘राजनीतिक क्रान्तिसंगै आर्थिक क्रान्ति जरुरी छ, आत्मनिर्भरसहित समृद्धिको आर्थिक मार्ग चाहिन्छ, सरकारले समृद्धिको कुरा गरेपनि आत्मनिर्भर विना समृद्धि हुँदैन, त्यसो भएर अब नेपालमा सबैलाई आत्मनिर्भरको आर्थिक कार्यक्रम चाहिन्छ ।’
उनले नेकपा खानको लागि परनिर्भर नभएको बताए । ‘हामी देशको अर्थतन्त्रलाई उत्पादनसंग जोडेर अगाडि बढ्न चाहन्छौँ’ महासचिव विप्लवले भने, ‘त्यसका लागि कृषि क्षेत्रलाई जोड दिनु पर्छ, र त्यसपछि व्यापार र उद्योगको विकास गरेर समृद्धितिर जान्छौँ ।’
उनले नेपालको आर्थिक क्षेत्र सुधारका लागि बुद्धिजीविहरुलाई अनुसन्धानमा सहयोग गर्न अपिल गरे । नेकपाको लिएको मार्गमा एकपटक सहयोग गर्न पनि महासचिव विप्लवले सबैमा आग्रह गरे
कार्यक्रममा कर्णाली प्रदेशका उच्चस्तरीय बुद्धिजीवी ,मध्यपश्चिम विश्वविद्यालय का रजिस्टार ,डिन प्रध्यायपक सह प्रध्यायपक, क्याम्पस प्रमुख शिक्षक कर्मचारी , व्यवसायी पत्रकार लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रम अखिल ( समाजवादी )कर्णाली प्रदेशले आयोजना गरेको हाे ।



ण














प्रतिक्रिया दिनुहोस्