एमाले सुदूरपश्चिम बैठकमा भिम रावल काे कारबाही फुकुवा गर्नुपर्ने नेताकाे धारणा ८४ मा ९ वटा जिल्लामै असर गर्ने
स्वाभिमान खबर पौष २७ , कैलाली
देपेन्द्र बहादुर शाही
एमाले सुदूरपश्चिम बैठकमा भिम रावल काे कारबाही फुकुवा गर्नुपर्ने नेताकाे धारणा ८४ मा ९ वटा जिल्लामै असर गर्ने भनाइ रहेको छ । पौष २६ र २७ गते धनगढीमा बसेकाे बैठकमा उपस्थिति केन्द्र तथा प्रदेश स्तरका अधिकांश नेताले भिम रावल काे कारबाही फुकुवा हुनुपर्ने धारणा राखेका छन ।
एमाले डोटीकी अध्यक्ष मञ्जु मलासीले
भनिन् बोल्यो भने भीम रावलको कित्ताको मान्छे भन्छन्। पार्टीमा मान्छे जोड्दै जानुपर्नेमा निकालिएको छ,’ उनले भनिन्, ‘कसरी मिसन ०८४ सफल हुन्छ? नेताहरूले सुध्रिनुपर्छ। उहाँ (रावल)माथिको कारबाही फुकुवा हुनुपर्छ।’
मिसन ०८४ अभियानमा लागेको बेला पार्टीमा मान्छे जोड्नुपर्नेमा पार्टीबाट निस्कासित गर्दा पार्टीलाई असर पर्ने बताइन्। रावलमाथिको कारबाहीपछि मिसन ०८४ कसरी सफल हुने भन्दै उनले प्रश्नसमेत गरिन्।
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भीमबहादुर देउवाले पनि रावललाई निस्कासित गर्ने निर्णयमा पुनर्विचार गर्नुपर्ने बताए। रावलमाथिको कारबाहीले सुदूरपश्चिमका ९ वटै जिल्लामा पार्टीलाई असर पर्ने वक्ताहरूको भनाइ थियो।
पार्टीलाई सुदृढ पार्न सबै लाग्नुपर्नेमा उनीहरुले जोड दिए। बैठकमा बोल्ने कतिपय प्रदेश स्तरका नेताले कार्यकर्ता पङ्क्तिबाट रावलको कारबाही फुकुवा गरेर पार्टीमा ल्याउनुपर्ने माग आएको बताएका थिए।
यो बैठकमा एमाले केन्द्रीय सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पनि सहभागी थिए। पार्टी नेतृत्वसँग रावलको छलफल गराउन प्रयास गर्दा पनि नसकिएको उनीहरूले बताए।
पार्टीले गरेको निर्णय कार्यान्वयन हुने उनीहरूको भनाइ छ। स्थायी कमिटी सदस्य कर्ण थापाले भने, ‘पार्टीले रावललाई कारबाही गर्दा दुःख लागेको छ। हामीले प्रयास गर्दा पनि छलफल गराउन सकेनौँ। पार्टीले गरेको निर्णय अब कार्यान्वयन हुन्छ।’
एमालेले तीन महिने वडाकेन्द्रित पार्टी सुदृढीकरण अभियान थाल्ने तयारी गरेको छ। पार्टीलाई बलियो र सुदृढ बनाउन आगामी माघदेखि तीन महिना वडाकेन्द्रित अभियान थालिने एमालेले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्