बिहानै काठमाडौंमा भुकम्पकाे झड्का महशुस
पौष २३, काठमाडौं
देपेन्द्र बहादुर शाही
काठमाडौंमा बिहानै भूकम्पको झड्का महशुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो ।
भूकम्पको धक्काले काठमाडौं निवासी सडकमा निस्किएका छन् भने चराहरू उडेका छन् ।
भूकम्पको महशुस कोशी प्रदेशको राजधानी विराटनगरलगायत पूर्वी क्षेत्रमा पनि भएको बताइएको छ । भुकम्प कति म्याग्निच्युडको हाे भनेबारेमा भुकम्प मापन केन्द्र अनुसन्धान गरिरहेको भुकम्प मापन केन्द्रका एक कर्मचारीले जानकारी दिएका छन । नेपालमा हप्तै पिच्छे भुकम्पकाे झड्का महशुस भइरहेको छ ।
प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार













प्रतिक्रिया दिनुहोस्