२०८३ जेष्ठ १९ गते मङ्गलवार

सुर्खेतमा नेपाल पत्रकार महासंघको अध्यक्ष पद र सह सचिव पदमा बराबर मत



सुर्खेतमा नेपाल पत्रकार महासंघको अध्यक्ष पद र सह सचिव पदमा बराबर मत

 

सुर्खेत २८ मंसिर – कमल कुमार शाही

नेपाल पत्रकार महासंघ सुर्खेतको २७ औं महाधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्ष पदको लागि सुशील राज शर्मा र मधुसूदन बि सि बराबर ७२/७२ मत सह सचिव गिता थापा कडेल र नवीन सुवेदीले बराबर ७१/७१ मत ल्याउनुभएकाे छ । अध्यक्ष पदको लागि शर्मा र बि सि तथा सह सचिव पदको लागि गिता थापा कडेल र नवीन सुवेदीलाई खसेको कुल मतदानबाट निर्वाचन परिणाममा बराबर मत खसेको हाे । त्यसैगरी उपाध्यक्षमा सुशील खड्का ९२ मत प्राप्त गरी बिजयी बन्नुभयो । उहाँका निकटक प्रतिद्धन्द्धी बिवस कुमार सेजुवालले ५० मत प्राप्त गर्नुभयो । त्यसैगरी महिला उपाध्यक्षमा सिर्जना बुढाथोकी ( डाँगी )ले ९१ मत ल्याएर बिजय हुनुभयो उहाँको निकटतम प्रतिद्वन्द्वी कमला भारतीले ४९ ल्याउनु भयो ।त्यसैगरी सचिव पदमा गाेविन्द खत्री ७५ मत प्राप्त गरी बिजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्धन्दी यज्ञ बहादुर खत्रीले ६५ मत प्राप्त गर्नुभयौ । सहसचिव समावेशीमा जगतदल जनाला बि क१०५ मत प्राप्त गरी बिजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्धन्दी सञ्जिव बरालले ३४ मत प्राप्त गर्नुभयो ।त्यसैगरी काेषाध्यक्षमा दिपक जंग शाही ८० मत ल्याएर बिजय हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी देव बहादुर रानाले ६३ मत ल्याउनुभयाे । पदाधिकारी सहित सदस्यीयहरु निर्वाचित हुनुभएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार