२०८२ माघ १७ गते शुक्रवार

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख र यातायात व्यावसायिक बिच छलफल



अशाेक

सुर्खेत

जिल्ला ट्राफिक प्रहरी कार्यालय उपरिक्षक रुपेश खड्काकाे संयाेजकत्वमा यातायात व्यावसायिक बिच आज छलफल भएकाे छ ।

सवारि साधन भाडा दर बिवरण राख्ने ,सिट क्षमता बिवरण राख्ने सिट क्षमता भन्दा बढि यात्रु नराख्ने ओभर लाेड नगर्ने एउटा सिटमा एउटा यात्रुकाे टिकट काट्ने सिट अनुसार नै यात्रुहरु बसाल्ने जस्ता बिषयहरुमा यातायात व्यावसायिक र ट्राफिक उपरीक्षक खड्का बिच छलफल भएकाे थियाे ।

सिट क्षमता भन्दा बढि यात्रु राख्नुकाे साथै हुडमा अत्याधिक मात्रामा सामान राखेर ओभरलाेड गर्नाले दुर्घटना हुने भएकाले यस्तो कार्य नगर्न खड्काले यातायात व्यावसायिकहरुलाई सुझाब दिएका छन ।

यातायात व्यावसायिक लगाएत यात्रुहरुले पनि सहजगता अपनाउने हाे भने सवारी साधन दुर्घटना न्युनिकरण
अवश्य कम हुने खड्काकाे भनाइ रहेकाे थियाे ।

प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार